धरान: बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएको छ ।

मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका छन् । 

सहमति पश्चात् आयोजित धन्यवाद कार्यक्रममा मेयर साम्पाङले सहमति कार्यान्वयन गराउन लागि पर्ने बताए । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले सहमति भएकोमा खुशी व्यक्त गर्दै मेयर साम्पाङलाई धन्यवाद दिएका थिए । विधार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले पनि वार्ता सफल गराउन भुमिका खेल्नेहरुलाई धन्यवाद दिदै भविष्यमा पठनपाठन बन्द गर्ने गरि आन्दोलन नगर्न आग्रह गरे ।

शिक्षकहरुसङ्ग वार्ता सफल भएपछि अहिले कर्मचारी कल्याण समाजसङ्ग पदाधिकारीहरुको वार्ता जारी छ । मेयर साम्पाङ भने बाहिरी सकेका छन् । उनले जादा जादै कर्मचारीहरुको मागबारे ठुलो विवाद नभएकोले सहजरुपमा समाधान हुने र सहमतिको खाका बनिरहेको प्रतिक्रिया दिएका थिए । मेयर साम्पाङ बाहिरिएपछि भने राजनीतिक दलका नेताहरु, वडाअध्यक्षहरु आएर कर्मचारीहरुसँगको वार्तामा बसेका छन् । 

भिडियो: