धरान: आज (शुक्रबार) बिहान धरान १३ स्थित अमरहाटमा दुर्घटनामा परेको बसका यात्रुहरुहरुलाई वडा नं १३ को कार्यालयमा बास र खानाको व्यवस्था गरिएको छ । 

बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयमा पुर्याएका थिए । दुर्घटनामा स्याङ्जा, सुस्ता पुर्व नवलपुर र म्याग्दीको शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु बोकेको तीन वटा बस दुर्घटनामा परेको थियो । ती मध्ये स्याङ्जाको टोलीले आफै बसको व्यवस्था गरेर बिहानै इटहरी गएको थियो ।

सुस्ता पुर्व नवलपुर र म्याग्दीका शिक्षक, विद्यार्थीहरुलाई वडा नं १३ को कार्यालयमा राखिएको छ । उनीहरुलाई बालबालिका तथा ज्येष्ठ नागरिक सभाहल र वडा कार्यालयको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । रेडक्रससँग समन्वय गरे ओढ्ने पनि व्यवस्था गरिएको उनले बताए । घाइतेहरुको स्वास्थ्य खतरामुक्त रहेको जानकारी पाएको पनि उनले बताए । 

netra

दुर्घटनामा २१ जना घाइते भएका थिए । ती मध्ये १९ जना वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।  ती मध्ये केही घाइते डिस्चार्ज हुन लागेका छन् । सामाजिक अगुवा घनश्याम तिम्सिनाले भोली (शनिबार) पनि फर्कन नसके थप बस्ने, खाने व्यवस्था गरिने बताए । ‘मानवीयता सम्झेर सहयोग गरेका छौं । सबै दाताहरुसँग समन्वय गरेर नै खाना, खाजाको प्रबन्ध मिलायौं,’उनले भने,‘भोली पनि जान सक्नुभएन भने सहयोग गछौं ।’

दुर्घटनामा परेको म्याग्दीको बाबियाचौर गाउँपालिकास्थित लर्निङ बोर्डिङ स्कुलका शिक्षक अजित सुब्बाले दुर्घटना दुःखद भएपनि धरान वडा १३ का जनप्रतिनिधि, स्थानीयबासीहरुको सहयोगी भावना देखेर खुशी लागेको बताए । उनले भने, ‘दुर्घटना दुःखद् हो । तर, हामीलाई धरानको १३ वडाका जनप्रतिनिधिहरुले यति खुलेर सहयोग गर्नुभयो, त्यो देखेर खुशी छौं । यस्तो खालको समन्वय, सहयोग मैले देखेको थिएन । यहाँका युवा भाईहरु पनि साह्रै सहयोगी पाए । सबैलाई बिशेष धन्यावदा दिन चाहन्छुँ ।’

नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो । म्याग्दीको उक्त बस पल्टेको थियो । त्यसपछि स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि मात्र नवलपुरको ब्रेकफेल भएको बस रोकिएको थियो ।

भिडियो:

भिडियो: