धरान: नेपाल सम्बत ११४४ को अवसरमा आज (मंगलबार) धरानमा शुभकामना तथा प्रभातफेरी कार्यक्रम भएको छ ।

झीगु समाज धरानको आयोजनामा सिद्धि नेवाः परिषदबाट वृहत प्रभातफेरी शुरु भएको थियो । उक्त प्रभातफेरी कार्यक्रमको उद्घाटन समारोहमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए भने प्रदेशसभा सदस्य रमेश बस्नेत, यशोदा कायस्थ बिशिष्ट अतिथि रहेका थिए । प्रभातफेरी परिषदबाट शुरु भएर भानुचोक, छाताचोक, सिंहदेवी चोक हुदै पुनः भानुचोक भएर सिद्धि नेवाः परिषदमा नै पुगेको थियो । प्रभातफेरीमा साँस्कृतिक झाकी पनि प्रस्तुत गरिएको थियो ।

भिडियो:

प्रभातफेरीको क्रममा धरान ३ स्थित चिनिया चोकमा रहेको शंखधर साख्वाको सालिकमा माल्र्यापण पनि गरिएको थियो । साख्वालाई नेपाल सरकारले राष्ट्रिय विभुति घोषणा गरेको छ । माल्र्यापण कार्यक्रममा वडा नं ३ का अध्यक्ष विद्या शाक्यले नेपाल सम्बत नेवार समुदायको मात्र नभै सबै नेपालीको भएको बताए । साथै उनले नेपाल सरकारले नेपाल सम्बत सरकारी कार्यालयमा प्रयोगमा ल्याउने निर्णय गरेका धन्यवाद दिए । साथै उनले नेपाल सम्बत स्थानीय सरकारकै आयोजनामा आगामी बर्षहरुमा मनाउन पनि आग्रह गरेका थिए ।

आयोजक झीगु समाजका अध्यक्ष मोहनकाजी शाक्यले नेपाल सम्बत कुनै जाति बिशेषको नभै सबै नेपालीको भएको बताए । साथै उनले नेपाल सम्बत आयातित नभै नेपालबाटै प्रचलनमा आएको भएकोले सबैले अपनत्व लिएर पुनः प्रचलनमा ल्याउनुपर्ने बताए । कार्यक्रममा सिद्धि नेवाः परिषदको २ तला भवन बनाइदिने कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरिएको पनि उनले बताए । साथै, प्रभातफेरीको क्रममा मोटरसाइलक र साइकल र्याली पनि भएको उनले जानकारी दिए । 

nepal sambat

nepal sambat2

nepal sambat3

nepal sambat4

nepal sambat6