मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् । 

शुक्रबार पूर्वाधार विकास कार्यालयद्धारा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको उक्त सडक शिलान्यास गरेका हुन् । उक्त सडक २९.६० किलोमिटर लम्बाइको रहेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका, इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने उक्त सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले बताए । उनले भने, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्वपूर्ण हुन्छ ।’

अन्य आयोजनाको छनौट गरेर आवश्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्न गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने बताए । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निमार्णको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको छ ।

निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताए । भौतिक पूर्वाधार विकाश मन्त्रालय कोशी प्रदेशका सचिव रमेश कुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकार बाला निकायको समेत सहभागिता रहेको थियो ।