धरान: पहिचानवादीहरुले धरान १५ वडा कार्यालयको बोर्डमा लेखिएको कोशी मेटेका छन् ।

पहिचानवादीहरुले शनिबार दिउँसो वडा कार्यालयको बोर्डमा कालो रंग स्प्रेमार्फत हालेर कोशी मेटेका हुन् । यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन प्रदेश सभाले १ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचानवादीहरुले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । 

संघर्ष समितिले प्रदेशभरिका सरकारी तथा अन्य कार्यालयहरुबाट कोशी लेखिएको ब्यानर, बोर्ड, स्टाम्पल, कागजातलगायत मेटाउने, च्यात्ने आन्दोलन जारी राखेका छन् । सोही आन्दोलन अन्तर्गत शनिबार धरान वडा नं १५ को कार्यालय र स्वास्थ्य केन्द्रको बोर्डमा कोशी मेटिएको जनमुक्तीका नेता विष्णु थाम्दोनले बताए । 

भिडियोः