धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दे पहिचानवादीहरुले आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । 

बन्द आह्वानले लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प छ । धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट लामो दुरीको सवारीसाधनहरु चलेको छैन । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका छन् । साना तथा निजी सवारीहरु भने निर्वाध चलेका छन् । 

यसबीच, धरानबाट ५ जना पहिचावादी बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भानुचोक दक्षिण राजेश पेट्रोल पम्प क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमा सुमन चेम्जाङ, शम्भु पृथक राई, हरि वान्तवा राई, सिताराम राई र करुण राई  छन् । ‘उहाँहरु इलाका प्रहरीमा हुनुहुन्छ । छोड्ने कुरा छ । प्रहरीले छोडेन भने आन्दोलन जारी रहन्छ,’ उनले भने ।