धरान: मेयर हर्क साम्पाङले ख्रिष्टमस, उधौली र ल्होसारको शुभकामना दिदै एकले अर्काको अस्तित्व स्वीकार गर्नसक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीले आइतबार होटल पुर्वी स्टारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो धारणा व्यक्त गरेका हुन् । मेयर साम्पाङले राष्ट्रिय गानले भने झैं सयौं थुंगा फुलका हामी एउटै माला नेपालीको मर्मलाई आत्मसात गर्नुपर्ने बताए । नेपालमा धर्मलाई केन्द्रबिन्दुमा राखेर बहस भइरहेको भन्दै उनले धर्मलाई शान्तिको खोजीकोरुपमा व्याख्या गरे । 

‘शान्तिको खोजी कसरी पुरा हुन्छ ? मैले अनुभव गरेको कुरा के छ भने एकले अर्कालाई सम्मान गर्दा हुन्छ । एकले अर्कालाई अपमान गर्न थाल्यो, घमण्ड गर्न थाल्यो, त्यो खोलको व्यवहार र चरित्र छ भने हामी कहिल्यै पनि शान्ति पाउदैनौं,’मेयर साम्पाङले भने,‘त्यसले गर्दा एकले अर्कालाई सम्मान गर्न सिक्नुपर्छ । त्यही नै हो धर्मको परिभाषा भन्ने मलाई लाग्छ ।’ उनले व्यवहार र आत्मामा सुद्धता ल्याउनुपर्ने र त्यही सुद्धतासहितको जीवनलाई नै धार्मिक जीवन भन्नुपर्ने पनि बताए । 

 मेयर साम्पाङले एकले अर्काको अस्तित्व स्वीकार गर्नसक्नुपर्ने पनि बताए । ‘म म हुँ भने अरु पनि त अरु हो, म मात्रै हो अरु केही होइन भन्ने सोचविचार त्याग्नुपर्छ । यो खालको सोच विचार धर्म होइन, शान्ति प्राप्त हुदैन,’उनले भने,‘एकले अर्कालाई आदर गर्न सम्मान गर्न सक्यौं भने मेलमिलाप हुन्छ, र मेलमिलाप हुदा शान्ति मिल्छ, शान्ति नै हो धर्म । तर तेरो भगवान ठुलो कि मेरो भगवान ठुलो भन्ने कुराले बहस गरिरहन्छौं, त्यो मिथ्या छ ।’

fnpj

मेयर साम्पाङले आफुलाई धेरै अपमानित गर्ने गरेको उल्लेख गर्दै गोपाल मन्दिरअघि बनाएको चर्चको सन्दर्भमा पाष्टर पनि भन्ने गरेको गुनासो गरे । आफु किराती कुलमा जन्मिएको र किरात धर्म कस्तो हुन्छ भन्ने थाह नभएपनि आफ्नो आस्था त्यही भएको उनले प्रष्ट पारे । ‘म किराती कुलमा जन्मेको मान्छे तर किरात धर्म कस्तो हुन्छ भन्ने थाह छैन । म काम गर्ने मान्छु हुँ, जे होस् मेरो आस्था त्यही छ,’उनले भने,‘म सबै धर्मलाई सम्मान गर्छु, र मलाई पाष्टर भन्न चै छोडिदिउ कि आजदेखि ? पाष्टर भन्ने बित्तिकै कुनै चर्चमा लिडिङ गर्ने होला, मेरो कुनै चर्च कि ?’

म किराती कुलमा जन्मेको मान्छे तर किरात धर्म कस्तो हुन्छ भन्ने थाह र्छैन । म त काम गर्ने मान्छे हुँ, जे होस आस्था मेरो त्यही छ । सबै धर्मलाई म सम्मान गर्छु । र मलाई पाष्टर भन्न चै छोड्दिउ कि आजदेखि । पाष्टर भन्ने बित्तिकै कुनै चर्चमा लिडिंग गर्ने होला , मेरो कुनै चर्च छ कि ?  धरानमा सद्भाव भड्काउन मेयरले भुमिका खेलेको भन्ने आरोप पनि मिथ्या भएको उनले बताए ।

‘मैले कहाँ भड्काउन खोजे ? मिलेर काम गर्नुपर्छ भन्ने मान्छे म । मिलाएर काम गराउनुपर्छ भन्ने मान्छे म, कहाँ सद्भाव भड्काउन चाहे ? त्यो मिथ्या आरोप नलगाउन पनि मेरो सुझाव छ,’ उनले भने, ‘बरु सद्भाव भड्केन भनेर भड्काउन चाहने मान्छेहरु पनि छन् यहाँ । धरान होमोजिनियस ठाउँ हो, पानीमा चिनि घोलिएको जस्तरी अन्र्तघुलन भएको ठाउँ हो । भड्काउन खोज्नेहरु को हुन्, खोजी पत्रकारिता गरेर नंग्याउनुपर्छ, सामाजिक बहिष्कार गर्नुपर्छ ।’

यो व्यवस्थाले सबैलाई सम्मान गरेको छ: उपमेयर बेघा

begha

उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सबै जाति, समुदाय, धर्मलाई सम्मान गरेको बताए । राज्यको नजरमा एउटा मात्र बिशेष धर्म हुन नहुने पनि उनले बताए । उपमेयर बेघाले देशका आम नागरिकले मान्ने धर्मलाई राष्ट्रले सम्मान गर्नुपर्छ भनेर संविधानमा धर्म निरपेक्षता राखिएको पनि बताए ।

‘कुनै धर्मको विरोध गर्ने उद्देश्यका साथ धर्म निरपेक्षता लेखिएको होइन, तर अहिले व्यवस्था विरोधीहरु, संविधान विरोधीहरु परिस्थिति भडकाउनको लागि उल्टो अर्थ लगाउछन्,’ उनले भने,‘संविधानको सही मर्मलाई आत्मसाथ गरौं, जीवन व्यवहारमा लागु गरौं ।’

उपमेयर बेघाले संविधानले कुनै पनि धर्मलाई मास्ने वा अन्याय गर्ने नभनेको प्रष्ट्याए । संविधानले सबै धर्मलाई समानरुपमा राखेको उनको भनाई थियो । ‘संविधानमा कुन धर्मलाई मास्नु पर्छ भनेको छ, कुन धर्मलाई अन्याय गर्नुभनेको छ ?’ उनले भने,‘यो संविधान अनुसार हिन्दुले घण्टी बजाउदै हिड्न पाउछ, क्रिष्टिचयनले क्रिसमस मनाउन पाउछ, राईलिम्बुले ढोलझ्याम्टा बजाउदै नाच्न हिड्न पाउछ, मुश्लिमले कुरान पढेर आफ्नो धार्मिक आस्था मनाउन पाउछ ।’

समाजमा धार्मिक, सामाजिक सद्भाव र एकता प्रगाढ होस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा भाषाविद् प्रा.डा.टंक न्यौपाने, डा.राजेन्द्र शर्मा, ख्रिष्टियन समाजका नेतृत्व, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाजलगायत संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विकास चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

भिडियो:

भिडियो:

भिडियो: