धरान: धरान १७ स्थित एन्फा एकेडेमी र सप्तरंगी पार्क प्रवेश गर्ने मार्गमा निर्माण गरिएको प्रवेद्ध द्धार (गेट)को उद्घाटन गरिएको छ । 

एन्फाका केन्द्रीय अध्यक्ष पंकज नेम्बाङले बुधबार रेल्वे चोकस्थित एन्फा मार्ग प्रवेशस्थलमा निर्माण गरिएको उक्त द्धारको रिबन काटेर उद्घाटन गरेका हुन् । उक्त प्रवेशद्धार उपमेयर कोषबाट विनियोजित ६ लाख बजेटमध्ये ४ लाख ६५ हजार रुपैयामा निर्माण सम्पन्न भएको एन्फा कोशी प्रदेश अध्यक्ष किसोर राईले जानकारी दिए । 

उद्घाटन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रमुख अतिथि एवं एन्फा केन्द्रीय अध्यक्ष नेम्बाङले धरानलाई फुटबलको उर्बर भुमिकोरुपमा परिचित रहेको र प्रतिभावान खेलाडी उत्पादन गर्ने सहरकोरुपमा रहेको बताए । एन्फा एकेडेमी प्रवेशद्धार निर्माण गर्न उपमेयर कोषबाट बजेट उपलब्ध गराएको भन्दै उनले मेयर, उपमेयरलाई धन्यवाद पनि दिए । खेलकुदको विकासमा स्थानीय सरकारले सहयोग गरिररहेको धारणा राख्दै उनले आभार पनि व्यक्त गरेका थिए ।

anfa marg1

एन्फा प्रदेश अध्यक्ष राईले आउने बर्षमा एन्फा मार्गमा आवश्यक पर्ने रात्रीकालिन बत्ति र फुलको बगैचा पनि बनाउने बताए । धरान खेलकुदको उर्बर भुमी र इतहिास बोकेको सहर भएकोले सप्तरंगी पार्कलाई खेलकुद पार्कमा रुपान्तरण गर्न पहल गर्ने पनि उनले बताए । ‘सप्तरंगी पार्कलाई धरान स्पोर्ट्स पार्कमा रुपान्तरण गर्ने र जिविकोपार्जन गर्ने वातावरण बनाउछौं । त्यहाँ खेलकुदका लिजेन्डहरुको सालिक बनाउछौं, र उहाँहरुको जिवनी पनि राख्छौं । खेलकुद पर्यटनको हबमा परिणत गर्नेछौं,’ उनले भने ।

भिडियो: