धरान: तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगितामा इमोर्टल क्लब च्याम्पियन बनेको छ । 

युथ क्लबको आयोजनामा शनिबार भएको फाइनल खेलमा ब्रदर्श क्लबलाई ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै इमोर्टल च्याम्पियन बनेको हो । अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अग्रता लिएको थियो । दोस्रो क्वाटरमा भने ब्रदर्शले लय समाउदै २५-१४ को अग्रता बनाएर मध्यान्तरसम्म ३६-३३ ले अगाडि थियो । तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदर्श बिरुद्द २४-१६ को अग्रता लिएर इमोर्टल पुनः खेलमा फर्कियो । चौथो क्वाटरमा ब्रदर्शले १९-१८ अंकको अग्रता लिए पनि उपाधी जित्न पर्याप्त भएन ।

basket1 2

 च्याम्पियन इमोर्टलले उपाधि सङ्गै नगद ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपबिजेता ब्रदर्शले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी इमोर्टलका निकेश मगर घोषित हुदै नगद ७ हजार, ट्रफी, बल, प्रमाणपत्र र १ हजार रुपैया बराबरको फुड भौचर हात पारे । 

फाइनल खेलका म्यान अफ द म्याच ब्रदर्शका सर्बोधन राई घोषित भए । उनले नगत ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उदयीमान खेलाडीको उपाधी इमोर्टलका प्रतीक राई घोषित भए । उनले ट्रफी, प्रमाणपत्र र एकथान बास्केटबल प्राप्त गरे । 

basket 2

खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष सन्तोष बास्फोर, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक बिकास चाम्लिङ राई, प्रतियोगिता संयोजक रवि बास्फोर लगायतले पुरस्कार बितरण गरेका थिए ।

पुष ७ गतेदेखि सुरु भएको प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ रंगशालास्थित इन्डोर बास्केटबल कोर्टमा भएको थियो । फुटबल खेलाडी स्वर्गीय अशोक बास्फोरको स्मृतिमा उनका छोरा एवं बास्केटवल खेलाडी रवि बास्फोर र परिवारको सहयोगमा प्रतियोगिता आयोजना हुदै आएको छ ।