धरान: स्वास्थ्य मन्त्री एवं सहकुलपति मोहनबहादुर बस्नेतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनुगमन गरेका छन् । 

मन्त्री बस्नेतले शुक्रबार प्रतिष्ठानको आकस्मिक कक्ष, रेडियोलोजी विभाग, क्याथ ल्याब, डाइलाइसिस, ओपिडी, निर्माणाधिन एमसिएच भवनको अनुगमन गरेका थिए । मन्त्रालयका सचिव डा.रोशन पोखरेल, प्रतिष्ठानका पदाधिकारीहरु, पुर्वनगर प्रमुख तिलक राई, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) पनि मन्त्रीसँगै अनुगमनमा सहभागी थिए । अनुगमनको क्रममा १८ नम्बर वडाअध्यक्ष राईले एमआरआई मेशिन अति आवश्यक भएकोले उपलब्ध गराउन मन्त्री बस्नेतलाई आग्रह गरेका थिए ।  
health1

अनुगमन पश्चात आयोजित अन्र्तक्रियामा उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले आर्थिक संकटमा रहेको प्रतिष्ठानलाई सरकारबाट सहयोगको आग्रह गरेका थिए । मन्त्री बस्नेतले पनि यसै आर्थिक बर्षमा एमआरआई मेशिन खरिद गरेर दिने प्रतिवद्धता दोहोर्याउदै पदाधिकारीहरु मिलेर काम गर्न निर्देशन दिए । उनले पहिला पनि ४ जना पदाधिकारीहरु नमिलेसम्म आफु प्रतिष्ठान नआउने भनेको सुनाउदै अहिले जस्तै मिलेर जान निर्देशन दिए ।

साथै उनले प्रतिष्ठानको बारेमा नकरात्मक खबरहरु मात्र आउने गरेको भन्दै संस्थालाई वद्नाम गराउन भित्रैका मानिसहरु लाग्ने गरेको पनि बताए । मन्त्री बस्नेतले आफ्नो स्वास्थ्य पुरा नहुदा संस्थालाई अनेक किसिमले वद्नाम गर्नेहरुलाई पहिचान गरेर कारबाही गर्नुपर्ने पनि बताए । उनले प्रतिष्ठान धरानको मात्र नभएर देशकै गौरव भएकोले धरासायी हुनबाट जोगाउनुपर्ने र यसमा राजनीतिकरण नगरी सबै एकढिक्का हुनुपर्ने पनि बताए । 

भिडियो:

भिडियो: