धरान: १२३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएको छ ।

प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका पनि तयार गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ।प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ  १९ टिमले सहभागिता जनाएको छ । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

यसैगरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटबल कोर्ट धरान रंगशालामा हुनेछ। प्रतियोगितामा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ ।

धरान उपमहानगरले पुष २० गते देखि २४ गते सम्म उत्सवको आयोजना गरि धरान डे मनाइरहेको छ। खेल तालिका धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश शाह, प्रतियोगिता ब्यवस्थापक बिकाश चाम्लिङ राई, सहभागी बिधालय प्रतिनिधि लगायतको उपस्थितिमा तयार पारिएको थियो।