धरान: किरात संवत ५०८४ को अवसरमा तेस्रो यलो दोङ थ्री वाइ थ्री खुला महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो । किरात नयाँ वर्ष ५०८४ लाई भव्यताका साथ स्वागत गर्न पौष २८ गते धरानको भानुचोकमा उक्त प्रतियोगिता हुनेछ। माघ १ गतेलाई किरातिहरुले किरात संवत (नयाँ वर्ष ) यले दोङको रुपमा मान्दै आइरहेको छ । आगामी माघ १ गते देखि किरात संवत ५०८४ मा शुरु हुनेछ ।

गत दुई वर्ष अघि देखि किरात नया वर्षको अवसरमा बास्केटबल प्रतियोगिताको आयोजना हुँदै आइ रहेको छ । पहिलो सस्करण किराया सुनसरीले आयोजना गरेको थियो भने दोस्रो सस्करणमा भने धरान बास्केटबल संघले अन्तर कलेज महिला बास्केटबल प्रतियोगिताको आयोजना गरेको थियो । 

किरात नया वर्षलाइ थप भव्य बनाउन यसबर्ष देखि भने खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको आयोजना गरिएको हो । यसले युवाहरुमा धार्मिक, सास्कृतिक र आफ्ना पिता पुर्खाले मान्दै आएको परम्पराको विषयमा चेतना वृद्धि  सङ्गै बास्केटबल खेलको बिकासमा सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए । 

प्रतियोगिताका महिला पुरुष बिजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड बिजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष सुबेदीले बताए। प्रतियोगितामा धरान सङ्गै धरान आसपासका जिल्ला तथा क्षेत्र बाट करिब दुई दर्जन टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहने छ ।