धरान: कोशी प्रदेश सरकारले आफ्नो सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। 

सोमबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। कार्कीले आजै नाम फेरेर उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालनलाई सबभन्दा ठूलो उपलब्धिकोरुपमा उल्लेख गरेका छन् । 

यसैगरि, सुनसरीको इटहरी उपमहानगर वडा नम्बर ११, पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार दृष्टसँग सम्झौता गरिएको, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू  भएको पनि उपलब्धीकोरुपमा प्रदेश सरकारले सार्वजनिक गरेको छ । 

यस्तै, सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको हेटौंडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णय गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको प्रसंगलाई पनि प्रदेश सरकारले आफ्नो उपलब्धी भनेको छ । साथंै, प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्या समाधानका लागि वार्ता समिति गठन गर्नुलाई पनि उपलब्धीकोरुपमा मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेका छन् । 

यसैगरि, सय दिने उपलब्धीमा अनुशासित चालक, सुरक्षित सडकु अभियानको कोशी प्रदेशभरी सुरूआत गरिएको, प्रदेशसभा खारेजको माग गर्दै आएका राप्रपाका प्रदेश सांसद अम्बरबहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित गराएर प्रदेश सभामा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको भन्दै सभामुख चयनलाई पनि सरकारले समेटेको छ । 

यस्तो छ सरकारको उपलब्धी: