धरान: पठनपाठन सुचारू गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु रिले अनशन सुरु गरेका छन् ।

बढुवा प्रक्रिया सुचारू हुनुपर्ने माग लिएर प्रतिष्ठानका शिक्षकहरु गत पुष २९ गतेदेखि आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प छ । आफुहरुको भविष्य अन्धकार हुने जोखिम बढेको भन्दै विद्यार्थी कल्याण समाजले रिले अनसन सुरु गरेको हो ।

पढाई सुचारू नभएसम्म अनसन चौविसै घण्टा जारी रहने समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए ।