धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।  

आइतवर भएको क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४–५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६–७ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आइतवर भएको पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५–४, २१–०, ०–१ र ६–० अंक जोडेको थियो । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २५ अंक जोडेका छन् । 

यसैगरि दोस्रो क्वाटर फाइनल खेलमा होलिल्याण्ड र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा २६–४, १२–१०, १५–६ र १३–७ अंक जोडे । खेलमा होलिल्याण्डका डोनिस सुनुवारले व्याक्तिगत १७ अंक जोडे ।  यस अघि आयोजक डिपो र काम्रेल स्कुल सेमिफाइनल प्रवेश गरिसकेका छन् । भोलिको पहिलो सेमिफाइनल खेल प्रभात र कामे्रल स्कुल र दोस्रो सेमिफाइनल खेल डिपो र होलिल्याण्ड स्कुल विच हुनेछ ।