धरान: धरान उपमहानगरपालि १५ नं वडा कार्यालयले ज्येष्ठ नागरिक मिलन केन्द्र तथा उद्यमी महिला सीप विकास केन्द्रका लागि वडा कार्यालय अगाडिको भवन उपलब्ध गराएको छ । 

काठमाडौ जाने रात्रिकालिन बस स्टेण्ड नजिकको भवनलाई मर्मत सम्भार गरि वडा कार्यालयले दुवै संस्थालाई उपलब्ध गराएको हो । वडाले आवश्यक दराज र कुर्सी समेत उपलब्ध गराएको छ भने सोमबार एक कार्यक्रमबीच भवनको चाबी हस्तान्तरण गरेको हो । वडा १५ का अध्यक्ष नरेश इवारमले हातेमालो समुहकी अध्यक्ष लिला ढकाललाई भवनको चाबी हस्तान्तरण गरेका थिए । 

वडा अध्यक्ष नरेश ईवारमले केही समय पछि काठमाडौ जाने रात्रीकालिन बस धरान ८ स्थित निर्माण सम्पन्न हुन लागेको नयाँ बसपार्कमा स्थान्तरण हुने जानकारी दिए । यस क्षेत्रको नजिकमा रहेको भवन वडाले संरक्षण गर्दै महिलाहरुलाई सिपमुलक तालिम तथा विभिन्न प्रशिक्षण दिने उद्देश्यले भवन दिएको वडाअध्यक्ष इवारमको भनाई थियो । 

wada 15, 1

अध्यक्ष इवारमका अनुसार सिलाई कटाईका लागि चाहिने १० वटा सिलाई मेशिन, कुर्सी, टेवलहरु पनि उपलब्ध गराएको छ । वडा १५ को हातेमालो समुहको सक्रियतामा धेरै प्रशिक्षक उत्पादन गरेको र २३ वटा महिला उद्यमी समूह निर्माण गरेर आयमुलक तालिमहरु दिईरहेको भन्दै अध्यक्ष ईवारमले प्रसंशा पनि गरे । 

सोही भवनमा ज्येष्ठ नागरिकलाई समय कटाउन, आफ्ना ज्ञान र सीप पुस्तान्तरण गर्ने उद्देश्यले पनि ठाउँ उपलब्ध गराएको वडाअध्यक्ष इवारमले बताए । वडाले जेष्ठ नागरिकका लागि खेल्ने क्यारेमबोर्ड ,बजाउने मादल, झिङझिङ र एक थान दराज पनि उपलब्ध गराएको छ । अध्यक्ष इवारमले भवनको चाबी जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष आनन्द कुमारी धमाललाई हस्तान्तरण गरेका थिए । 

एउटै भवनको चाबी दुवै फरक संस्थालाई फरक उद्देश्यका लागि हस्तान्तरण गरेता पनि आपसी समझदारीमा र समय मिलाएर प्रयोग गगर्न पनि अध्यक्ष इवारमले आग्रह गरेका थिए । वडावासी हरि लिम्बुले युवाहरुलाई अति आवश्यक ब्याडमिन्टन कोर्ट बनाउन पनि प्रस्ताव राखेका थिए । वडा अध्यक्ष ईवारमले सबैलाई हुने किसिमको खुल्ला व्यायमशाला, ब्याटमिन्टन कोर्ट लगायतको खेलकुदका लागि पनि सोचेको र योजना वनाउदै अगाडि बढ्ने बताए।

भिडियोः