धरान: धरान बास्केटवल टिम र ब्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्टबीच मैत्रीपुर्ण बास्केटवल खेल हुने भएको छ ।

सुनसरी जिल्ला बास्केटवल संघको संयोजन तथा धरान १८ नम्बर वडाको सहयोगमा फागुन १३ गते आइतबार मैत्रीपुर्ण खेल हुने भएको हो । पुर्व ब्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो बसोबास रहेको धरान र धरानेहरुसंग आपसी भाइचारा अभिवृद्धि गर्नका लागि मैत्रिपुर्ण बास्केटवल खेल खेल्न लागिएको पुर्व विट्रिस गोर्खा सैनिक लेन्स कप्रोल सुवास राईले बताए। 

सुवास राई भर्खरै मात्र वेलायत सरकारद्धारा मेम्वर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ दि व्रिटिस एम्पायर पदकका लागि घोषित व्यक्ति हुन् । उनी धरान १५ स्थित चेम्जोङ पथ निवासी हुन् । उनकै संयोजनमा गोर्खा सैनिक प्यारासुट रेजिमेन्ट टिम मैत्रिपुर्ण खेलका लागि धरान आउन लागेको हो ।

धरान ११ निवासी क्याप्टेन नविन राईको नेतृत्वमा इन्जिनियर रेजिमेन्ट टिमबाट डव्लुओटु कोलिन किसन, एसएसजिटि उज्वल गुरुङ, सिपिएल प्रवेश राई, सिपिएल सुमन राई, सिपिएल भुवन थापा, एसपिइ व्रिजेस तुम्वाहाम्फे, पिटिइ ओवेद लिम्वु, एलसिपिएल सेनाङ राई, एलसिपिएल समाक लिम्वु र एलसिपिएल व्लियम लेमनल कोर्टमा उत्रिनेछन् । 

यस्तै, प्रदेश १ टिम क्याप्टेन विवेक श्रेष्ठको नेतृत्वमा धरान बास्केटवल टिमबाट कविन मगर, सर्वधन राई, दिवस राई, सुसन श्रेष्ठ, सुजन राई, गौरव ओझा, साहिल तामाङ, योगेश राई, युवा राई, प्रथम राई र सुरज योन्जन कोर्टमा उत्रिने छन् । मैत्रीपुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा हुनेछ । म्याच अघि प्यारासुट इन्जिनियर रेजिमेन्ट टिमलाई व्रिटिस गोर्खा सैनिकद्धारा स्थापना गरिएको डिपो स्कुलको अवलोकन गराइने कार्यक्रम रहेको छ।