धरान: धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी विजेता भएका छन् भने महिलातर्फ नेपालकी धाविका सन्तोषी श्रेष्ठ विजेता भइन् ।

शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । उनी पोखरा रनमा पनि विजेता भएका थिए । पुरुषतर्फ दोस्रो र तेस्रो बनेका धावकहरु क्रमशः प्रशान्त तामाङ र पवन राई दुवै धरानका हुन् । खुल्ला पुरुषतर्फ धरान १० के रनमा टप थ्रीमा स्थान बनाउने उनीहरु धरानका पहिलो धावकहरु हुन् । प्रशान्तले ३४ मिनेटमा निर्धारित दुरी पुरा गरेका थिए भने पवनले ३४ मिनेट ११ सकेण्डमा पुरा गरेका थिए ।

dharan 10k run3

यसैगरि, खुल्ला महिलातर्फ विजेता सन्तोषी श्रेष्ठले निर्धारित दुरी ३८ मिनेट ८ सेकेण्डमा पुरा गरिन् । दोस्रो भएकी छविमाया राईले ४४ मिनेट २ सेकेण्ड र इन्द्रकला नेम्बाङले ४५ मिनेट २८ सकेण्डमा पुरा गरिन् । छविमाया र इन्द्रकला पनि धरानकै धाविकाहरु हुन् । खुल्ला महिला तथा पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो धावकधाविकाहरुले ट्रफीसँगै क्रमशः नगद पुरस्कार ६० हजार, ४० हजार र ३० हजार हात पारे । 

प्रतियोगितामा सुपर भेट्रानतर्फ तिल बिक्रम सम्बाहाम्फे प्रथम, विरेन्द्र लिम्बु दोस्रो र विरमान तामाङ तेस्रो भएका थिए । सुपर भेट्रान महिलातर्फ कृष्णदेवी राई विजेता भइन् ।

dharan run1

यस्तै, १६ बर्षमुनिको पुरुष स्पर्धामा तिलक राई प्रथम, सुनिल बस्नेत दोस्रो र जुनास कठैत तेस्रो भएका थिए । महिलातर्फ जुही राई प्रथम, विनिता राई दोस्रो र शिल्पा राई तेस्रो भइन् । भेट्रान पुरुषतर्फ रेवत दाहाल प्रथम, कर्मा शेर्पा दोस्रो र प्रविन राई तेस्रो भएका थिए । महिला भेट्रानतर्फ जमुना लिम्बु प्रथम, चन्द्र राई दोस्रो र सोम माया राई तेस्रो भइन् । 

दौडमा धरानका मेयर हर्क साम्पाङ, निवर्तमान मेयर तिलक राईले पनि दौड पुरा गरेका थिए । चर्चित ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामा पनि सहभागी भएका थिए । दौडमा नेपाल, केन्या र भारतबाट पनि धावकधाविकाहरु गरि ३ हजार ६ सय बढी सहभागी भएका थिए । 

dharan run2

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: