धरान: विभिन्न प्रतियोगिता आयोजना गरेर प्रतिभाशाली गल्फ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ कोशी प्रदेश गल्फ संघ गठन भएको छ । 

संघले बुधबार पत्रकार सम्मेलन गर्दै सुयेस प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको जानकारी दिएको हो । संघले गल्फ खेलको विकास र खेलाडीहरु उत्पादन गर्ने उद्देश्य लिएर आजदेखि तीन दिने  प्रो-एम बाह्रसिंगे ओपन गल्फ प्रतियोगिता पनि शुरु गरेको छ । प्रतियोगितामा स्थानीय र बाहिरबाट गरि कुल ८० जना खेलाडीहरु सहभागी हुने पनि अध्यक्ष प्याकुरेलले जानकारी दिए । उनका अनुसार १० जना खेलाडीहरु प्रोफेस्नल छन् । 

संघका अनुसार प्रोफेस्नल खेलाडीहरुको पहिलो दिन स्ट्रोक प्लेको आधारमा खेल हुनेछ । शुक्रबार र शनिबार एमेच्योर गल्फरहरुको खेल हुनेछ । पुरस्कार वितरण भने शनिबार इटहरी २ स्थित वेस्ट्न सोल्टी होटलमा हुनेछ । 

golf1

golf2

golf3