धरान: ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका बालबालिकालाई दिवा खाजा खुवाएका छन् ।
धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लबले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रबार खाजा खुवाएको हो। पुनस्थापना केन्द्रमा २६ जना बालबालिका तथा असहायहरु छन् ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थी वालवालिकालाई व्यावहारिक ज्ञान दिनका लागि उनीहरुलाई नै सहभागी गराइ कार्यक्रम आयोजना गरिएको सुम्निमा स्कुलका क्लव संयोजक एवं शिक्षिक नम्रता तामाङ जानकारी दिइन् ।विद्यार्थीहरुले आफ्नो टिफिन खर्चबाट बचाएको रकम र शिक्षक शिक्षिकहरुबाट आर्थिक संकलन गरेको पनि शिक्षिका तामाङले वताइन् ।

क्लवको स्थपना २०७६ सालमा भएको थियो । अहिले सम्म क्लबले विद्यालय भित्र मात्र विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आइरहेको थियो । विद्यालय वाहिर पहिलो कार्यक्रम रहेको सुम्निमा चाइल्ड क्लवका अध्यक्ष आस्था राईले बताइन् । क्लवमा १३ सदस्यीय कार्यसमिति रहेको उनले वताइन ।
२०३९ सालमा स्थापना भएको सुम्निमा स्कुलमा नर्सरि देखि १० कक्षा सम्म अध्यपन भइरहेको छ । कार्यक्रममा पुनस्थापना केन्द्रका भिमकुमार राईले चाइल्ड क्लवलाई रचनात्मक कार्य रहेको बताउदै खाजाका लागि धन्यवाद दिएका थिए ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



