धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ऐन र नियमावली विपरीत बाहिर निजी क्लिनिक सञ्चालन गरेको समाचार प्रकाशित भएपछि पत्रकारलाई गालीबेइज्जी गर्ने डा.रोशन कलवारविरुद्ध प्रहरी र प्रशासनमा उजुरी दिइएको छ । 

नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा आइतबार डा.कलवारविरुद्ध इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय धरानमा उजुरी दिइएको हो । साथै, पत्रकार महासंघ सुनसरीले वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सोही घटनाबारे ध्यानाकर्षण पत्र पनि बुझाइएको छ । पत्रकार रश्मी प्रधान र खिलानाथ बिकले डा.कलवारले प्रतिष्ठानको ऐन र नियमावलीमा भएको प्रावधानलाई ठाडै चुनौती दिदै बाहिर आफैले क्लिनिक चलाएको समाचार लेखेका थिए । 

डा.कलवार आफैले पनि प्रतिष्ठानको ऐन, नियम विरुद्ध आफुले सञ्चालन गरेको स्वीकार गर्दै आएका छन् । तर, समाचार प्रकाशन भएपछि भने उनले सामाजिक सञ्जालमा पत्रकारद्धयको तस्बिरसमेत राखेर तथानाम गालीगलौज, अपमानजनक शब्दहरु प्रयोग गरेर पोष्ट गरेका थिए । साथै उनले धम्कीपुर्ण भाषा पनि लेखेका छन् । नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष पनि हुन् ।

ilaka

डा.कलवारले नियम, कानुनलाई ठाडै चुनौती दिदै पत्रकारमाथि पनि निरन्तर गाली, बेइज्जतीपुर्ण स्टाटस लेख्न नछोडेपछि पत्रकार महासंघको नेतृत्वमा आइतबार प्रहरीमा आवश्यक कानुनी कारबाहीको लागि उजुरी दिइएको हो भने इलाका प्रशासन कार्यालयमा शान्ति सुरक्षाको लागि निवेदन दिइएको छ । साइबर अपराधको कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा नै उजुरी दर्ता गर्नुपर्ने भएकोले टोली इनरुवा गएर निवेदन दिने पनि महासंघ सुनसरीले जनाएको छ । 

यसैगरि, पत्रकार महासंघले आइतबार नै प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई ध्यानाकर्षण पत्र बुझाउदै छानबिन गरि डा.कलवारलाई कारबाही गर्न पनि माग गरेको छ । उपकुलपति डा.गिरीले यो घटनालाई गम्भीरतापुर्वक लिएको र चाडै निर्णय लिने पनि प्रतिक्रिया दिएका थिए । डा.कलवार प्रतिष्ठानको हाडजोर्नी विभागका एशोसिएट प्रोफेसर हुन् । 

roshan kalwar

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले परिपत्र जारी गर्दै ऐन र नियमावली विपरीत कार्य गरेमा कानुन वमोजिम कारबाही हुने चेतावनी पनि दिइसकेको छ । प्रतिष्ठान स्वायत्त एवं नन्प्राक्टिसिङ स्वास्थ्य संस्था हो । यहाँका डाक्टरहरुलाई तलबसँगै आकर्षण भत्ता पनि दिने व्यवस्था गरिएको छ भने ओपिडी पछि पेइङको पनि व्यवस्था गरिएको छ ।

प्रतिष्ठानका डाक्टर, कर्मचारीले कार्यालय सम्बन्धी कामबाहेक बाहिर प्राइभेट प्राक्टिस गर्न प्रतिष्ठानको ऐन २०४९ को दफा १२ को उपदफा २ र नियमावली २०५५ को नियम १०.२६ को उपनियम ४ ले रोकेको छ । तर डा.कलवारले भने उक्त ऐन र नियम परिवर्तन गर्नु जरुरी रहेको जिकिर गर्दै विद्यामान कानुनी प्रावधानविरुद्ध गएर खुलेआम निजी क्लिनिक चलाइरहेका छन् । उनले वीपीमा उपचार गर्न आउने विरामीलाई पनि आफ्नो निजी क्लिनिकमा अप्रेशन गर्न बोलाउने गरेका छन् । 

bpkihs press