धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बिचमा रहेको खोल्सीमा एक किशोरीको शव फेला परेको छ ।

प्रहरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ । हत्या भएकि किशोरी को हुन् भन्ने खुलिसकेको छैन ।

शव पोस्टमार्टमको लागि बीपी प्रतिष्ठानको मर्चरी लगिएको छ भने प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको छ । आज बुधबार दिउँसो करिब अढाई बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा शव देखेको र डिपो स्कुलको प्रीन्सिपललाई खबर गरेपछि प्रहरीमा जानकारी गराएको वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले बताए ।

भिडियो: