धरान: एकल महिलाहरुलाई राज्यले केही कानुनी अधिकार दिएको र ती अधिकार उपभोग गर्न पाएको छ कि छैन भनेर सरोकारवाला संघसंस्थाले खोज्नु आवश्यक भएको कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेतले बताएका छन् । 

मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको ७ औ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । धरान १७ स्थित संस्थाको आफनै भवन छाहारीमा बिहिबार अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेश सांसद रमेश कुमार बस्नेतले फुलमा पानी लगाएर गरेका थिए । प्रमुख अतिथि बस्नेतले एकल महिलाहरुलाई राज्यले सामाजिक सुरक्षा भत्तासँगै केही कानुनी अधिकार दिएको तर ती अधिकार सबै एकल महिलाहरुले उपभोग गर्न पाएको छ की छैन संस्थाले खोज्न आवश्यक भएको बताए । 

सांसद बस्नेतले एकल महिलाहरुले जे प्राप्त गरेको छ, त्यो प्रयाप्त नभएको धारणा राख्दै एकल महिलाहरु अझै संगठित हुदै शिक्षा, स्वास्थ्यमा पनि पँहुच बनाउनुपर्ने बताए । समस्या एक जनाकोे भएपनि धेरैको आवाज बन्न सक्ने भन्दै सांसद बस्नेतले भने, “कुनै ऐनले एकल महिला माथि विभेद गरेको छ भने त्यस्मा संयुक्त रुपमा आवाज उठाउनुपर्छ ।” साथै उनले एकल महिलाहरु आर्थिकरुपमा सक्षम बन्नु पर्नेमा पनि जोड दिए । 

ekal2

विशेष अतिथि एवं अर्का प्रदेश सांसद विजय राईले एकल महिलाहरुको भवन सुरक्षाको हिसाबले एकान्तमा भएको हुदा प्रहरी सुरक्षाले गस्ती गर्नुपर्नेमा जोड्दिए । कार्यक्रमका विशेष अतिथ धरानका उपमेयर आईन्द्र विक्रम वेघाले छाहारीमा हिंसा पीडित महिलाहरु राख्नका लगि गरेको प्रयासको प्रशंसा गर्दै गरे । उनले उपमहानगरको रातो किताबमा पर्ने गरि पहल गरेमा सेफ हाउस संचालनमा सहजता हुने बताए । त्यसको लागि कार्यपालिका मार्फत नगरसभामा अनुमोदनका लागि सहयोग गर्ने पनि उनले बताए । 

कार्यक्रममा डिएसपि मान बहादुर राई, सुनसरी उद्योग वाणिज्य संघका सदस्य प्रमोद आचार्य, महिला संजालका अध्यक्ष सपना राई र धरान १७ का जनप्रतिनिधीको उपस्थित रहेको थियो । 

शान्ता अधिकारी निर्विरोध निवार्चित

ekal mahila1

७ औं अधिवेशनबाट एकल महिला समुह सुनसरीको अध्यक्षमा शान्ता अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्षमा दोहोरिएकी हुन् ।

यस्तै, उपाध्यक्षमा सरला अधिकारी, सचिवमा सानुमैया शाही, सह सचिवमा सावित्री श्रेष्ठ, कोषाध्यक्षमा कमला राई र दुहबी, ईटहरी र चक्रिघटीबाट सदस्य सहित १५ जना नयाँ कार्यसमिती चयन भएको छ । 

भिडियो: