धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । 

धार्मिक, सामाजिक सद्भाव बिथोलिने गरि प्रर्दशन र झडप हुन थालेपछि सुनसरी प्रशासनले शुक्रबार हरिनगर गाउँपालिका सबै र देवानगञ्ज गाउँपालिकाको वडा १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि शुक्रबार साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

सुनसरीका का.मु.प्रजिअ वेदराज फुँयालका अनुसार शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखेर सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न र्कफ्यु आदेश जारी गरेको हो । प्रशासनका अनुसार हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामुहिक रुपमा गरिने कुनै पनि कार्यक्रम कर्फ्युका क्रममा नगर्न प्रशासनले आग्रह गरेको छ । आदेश उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ । पुर्वपश्चिम राजमार्गमा लामो दुरीका यात्रुवाहक तथा मालबाहक सवारीसाधनलाई निगरानी राखेर आवतजावत गर्न दिने पनि प्रशासनले जनाएको छ । 

बिहीबार हरिनगर गाँउपालिका १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिट भएको थियो । स्थानीय जीवन मेहतामाथि कुटपिट भएपछि शुरु भएको घटनाले शुक्रबार हिन्दु र मुश्लिम समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले वल प्रयोग गर्ने क्रममा गोलीसमेत चलेको थियो । 

हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । झडपको क्रमा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको प्रशासनको भनाई छ । 

carfue