धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा हाम्रो ईटहरी भेट्रान फुटबल क्लब र कन्काइ भेट्रान झापा क्वार्टरफाइनल प्रबेश गरेको छ ।
शनिबार धरान १६ स्थित रंगशालमा सम्पन २ वटा खेलमा जित हात पार्दै इटहरी र कन्काई क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा एभरेष्ट भेट्रान क्लब मोरङलाई ४-१ गोलको फराकिलो जित निकाल्दै ईटहरी भेट्रान क्वार्टरफाइनल प्रवेश गरेको हो । यस्तै, दोस्रो खेलमा कन्काइ भेट्रानले पनि कटारी टाइगर भेट्रानलाई ४-१ गोलको अन्तरले हराउदै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
पहिलो खेलमा इटहरी भेट्रानको जितको लागि दिपेन राईले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए भने सन्तोष राईले एक गोल गरेर टिमलाई फराकिलो जित दिलाए । एभरेस्टको तर्फबाट सान्त्वना गोल मन्दिप राईले फर्काएका थिए । ह्याट्रिक पुरा गरेका दिपेन नै खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद २ हजार एक सय पाए ।
यस्तै, दोस्रो खेलमा कन्काइलाई क्वाटरफाइनल पुर्याउन धन बहादुर गुरुङले व्यक्तिगत २ गोल गर्दा नन्दु मुरमुर र ज्योति उप्रेतीले एक-एक गोल गरे । कटाटीका लागि एक मात्र सान्त्वना गोल साज कुमार आलेले गरेका थिए । खेलको म्यान अफ दि म्याच कन्काइका धन बहादुरले नगद २ हजार १ सय पाए ।
धरान भेट्रान क्ल्बको आयोजना शुक्रबारदेखी सुरु भएको खेलमा आयोजक सहित १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल चैत्र ३० गते हुने छ ।