धरान: चैत २७ गतेदेखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा धरान उपमहानगरपालिकाले मंगलबार स्थानीय विदा दिएको छ ।

उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सोमबार एक सुचना जारी गर्दै मंगलबार स्थानीय विदा दिएको जानकारी दिएकी हुन् । महाकुम्भ चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म सञ्चालन हुदैछ । प्रत्येक १२ बर्षमा महाकुम्भ मेला आयोजना हुने गरेको छ । 

महाकुम्भको अवसरमा स्थानीय विदा दिने नगर प्रमुख स्तरीय निर्णय भएको पनि सुचनामा उल्लेख छ । मंगलबार उपमहानगरपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुलाई पनि विदा दिइएको सुचनामा उल्लेख छ । मंगलबार चतरामा महाकुम्भ मेलाको उद्घाटन हुदैछ । 

kumva1