धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटै पालिकाहरुमा कर्फ्यु  हटाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मंगलबार साँझ एक सुचना जारी गर्दै पाँच वटै पालिकाहरुमा मध्यराती १२ बजेदेखि कफ्र्यु हटाइएको जानकारी दिएका हुन् । शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले चैत २३ गतेदेखि इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, कोशी गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकामा कर्फ्यु लगाएको थियो । 

उक्त सबै पालिकाहरुमा धार्मिक सहिष्णुता बिग्रने गरी संघर्ष समिति गठन गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न पोष्टहरु हाल्ने वा सेयर गर्ने, भेला, जुलुसलगायत शान्ति सुरक्षामाम अवरोध गर्ने कार्यहरु नगर्न, नगराउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) द्धारा निषेध गरिएको पनि प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

यो आदेश विपरीत कार्यहरु गरेमा उक्त ऐन तथा विद्युतीय कारोबा ऐन २०६३ वमोजिम कारबाही गर्ने पनि सुचनामा उल्लेख छ । सामाजिक तथा धार्मिक सद्भाव भड्किने गरि प्रर्दशन, हिंसाका घटना बढेपछि सुनसरी प्रशासनले चैत २३ गतेदेखि पाँच वटा पालिकाहरुमा कर्फ्यु लगाउदै आएको थियो । 

cdo notice 1