धरान: लायन्स क्लव अफ धरान विजयपुरका पुर्व अध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत वहादुर गुरुङ्गद्धारा धरान १७ स्थ्ति श्री माध्यमिक विद्यालयलाई १२ थान पंखा सहयोग गरेका छन् ।

    गुरुङ्गले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङ्गको स्मृतिमा मंगलवार विद्यालयमा नै पुगेर सामग्री हस्तान्तरण गरेका थिए । करिव २५ हजार रुपैया वरावरको सहयोग सामग्री जगतवहादुर गुरुङ्ग, उनको छोरी लायन्स लिडर रेखा गुरुङ्ग र निवर्तमान डिस्ट्रिक गभर्नर लायन्स धिरज गुरुङ्गले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मदन राईलाई हस्तान्तरण गरेका थिए । हरेक वर्ष आप्mनो श्रीमतीको नाममा सामाजिक कार्य गर्दै आइरहेको जगत वहादुर गुरुङ्गले कार्यक्रममा बताए। 

गर्मी मौसम सुरु भएसंगै कक्षा कोठामा विद्यार्थीका लागि पंखाको अभाव भएको विद्यालयले केही दिन अघि लायन्स क्लवलाई जानकारी गराएको थियो । छोरी रेखाबाट उक्त कुरा थाहा पाएपछि यो पटक आफ्नो श्रीमतीको स्मृतिमा विद्यालयमा सहयोग गरेको गुरुङ्गले बताए । विद्यालयलाई सहयोग गर्न पाउदा खुशी भएको पनि गुरुङ्गले बताए। धरान पुतलिलाइन निवासी पुर्व विट्रिस सैनिक समेत रहेका गुरुङ्ग हाल युके वस्दै आइरहेका छन् ।

    धरान १७ क्षितिज टोल स्थित श्री माविमा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको छ । केहि दिन अघि लायन्स क्लवले विद्यालयका विद्यार्थीहरुलाई एक हजार थान कापी र कलम समेत हस्तान्तरण गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, विद्यालयका प्रधानध्यापक रवि भुजेल, लायन्स टंक गुरुङ्ग, लायन्स उमा ताम्रकार लगायतको उपस्थिति रहेको थियो ।