धरान: धरान खेलकुद मन्चले ‘धरान खेलकुद मन्च मिडिया अवार्ड’ पुरस्कारको स्थापना गरेको छ ।

पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको बिकासमा योगदान पुर्याउने सन्चारकर्मीहरुलाई सो अवार्ड प्रदान गर्न पुरस्कारको स्थापना गरेको हो । मन्चले स्थापना गरेको पहिलो अवार्डबाट गोरखापत्र दैनिकका धरान सम्बाददाता निशा राईलाई प्रदान गरिएको छ । राईले धरानको खेलकुद क्षेत्रको बिकासमा पत्रकारिताको मध्यमबाट योगदान  पुर्याएको भन्दै नगद ११ हजार सहित ‘धरान खेलकुद मन्च मिडिया अवार्ड’२०८१ प्रदान गरिएको हो ।

शनिबार धरान-१७ स्थित साकेला सास्कृतिक पार्कमा भएको नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रममा वडाध्यक्षद्वय धन बहादुर राई र लोकेन्द्र फागो, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र कोशी प्रदेश फुटबल संघका अध्यक्ष एबम मञ्चका अध्यक्ष किशोर राईले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए । खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको मञ्चका अध्यक्ष राईले बताए । उनले धरानमा सन्चालन हुँदै आएको ओलम्पिक डे कार्यक्रमलाई उपमहानगरले बेवास्ता गर्दा बिद्यार्थीलय स्तरबाट खेलाडी उत्पादन हुन नसकेको बताए । खेलकुदको शहरको रुपमा चिनिदै आएको धरानमा खेलकुदको बिकासमा उपमहानगर उदासिन भएको भन्दै उपमहानगरले मिनी ओलम्पिक कार्यक्रमलाई पुन सुचारु नगरे मन्च आँफैले भएपनी सन्चालन गर्ने उद्घोष गरे । कार्यक्रमको प्रमुख अतिथि कोशि प्रदेश खेलकुदको सदस्य सचिव हशंराज वाग्ले आउने सालको आर्थिक बजेटमा धरान खेलकुद मञ्चले गर्ने कार्यक्रममा सहयोग गर्ने बताए । धरानमा सबै विधाका खेलकुदको विकासका लागि खेलकुद सङ्घ, सङ्गठनहरूको प्रतिनिधित्व गर्दै छाता संस्थाको रूपमा वि.सं २०६७ सालमा खेलकुद मञ्च गठन भएको हो ।