काठमाडौँ: हामी धराने, काठमाडौंद्धारा 'धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१' शनिबार सम्पन्न गरेको छ । 

 च्वङ्गा गणेश थान परिसर, सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । हाल काठमाडौँमा बसोबास गरिरहेका धरानेहरुको साझा संस्थाको रुपमा हामी धराने संस्था स्थापना भएको हो । उक्त कार्यक्रम रक्तदानबाट शुरु गरी रमाइलो नाचगान  गर्दै सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा धराने लाखे समुहले लाखे नाच प्रस्तुत गरेका थिए । यस्तै, चन्द्र श्रेष्ठको फेस पेन्टिंग र स्केचिंगले वनभोजमा थप रौनकता दिलाएको थियो । संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरी क्षेत्र नं १ बाट निवार्चित सांसद तथा पुर्वमन्त्री अशोककुमार राई रहेका थिए । 

we dharane2

यस्तै, न्याय परिषद सदस्य रामकुमार श्रेष्ठ, खाद्य गुणस्तर नियन्त्रणका पूर्व महानिर्देशक जीवन प्रभा लामा, पूर्व सचिव तथा धरान सरोकार समाजका अध्यक्ष चन्द्र घिमिरे, वरिष्ठ गायिका मथुरा श्रेष्ठ, कन्सल्टेन्ट युरोलोजिष्ट डा. पुकार मास्के, पत्रकार तथा मकाउका लागि पर्यटन प्रवर्तक आनन्द श्रेष्ठ, सेवा निवृत्त शिक्षिका ललिता श्रेष्ठलगायत पनि अतिथिकोरुपमा सहभागी थिए । 

कार्यक्रममा आफ्नो जीवनको आधाभन्दा बढि समय शिक्षण पेशामा खर्चिनु भएकी ८४ वर्षिया शिक्षिका ललिता श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमपछि हाउजी पनि खेलाइएको थियो । हरेक बर्ष काठमाडौँमा रहने धरानेहरुको जमघट तथा नयाँ बर्षको शुभकामना आदान प्रदानका कार्यक्रम आयोजना गर्ने र काठमाडौँमा रहने धरानेहरुको हकहित तथा धरानको बिकासको लागि हर समय लागि पर्ने अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । 
Hami Dharane1

Hami Dharane3

Hami Dharane5

Hami Dharane4