धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन ।
वुधवारको खेल समाप्ति पछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । इमोर्टल अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरिसकेका छन । वुधवार भएको पहिलो क्वाटर फाइनल खेलमा युवा जागृतिले डिपो स्कुललाई ३७–२४, यलम्वरले मिराकललाई ५२–४६ र झापाले होलिल्याण्डलाई ५०–३५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
डिपो विरुद्ध सहज जित निकालेका युवा जागृति र डिपो स्कुलको प्रत्येक क्वाटरमा १५–६, ७–४, ७–९ र ८–५ जेडेका थिए । प्रतिश्पर्धात्मक भएको दोस्रो क्वाटरफाइनलमा यलम्वर र मिराकलले प्रत्येक क्वाटरमा ९–१६, १२–९, १५–१३ र १६–८ अंक जोडे । यसै गरि अन्तिम क्वाटर फाइनल खेलमा झापा र होलिल्याण्डले १२–६, ११–६, १३ –११ र १४–९ अंक जोडेका थिए ।
विहिवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल महिला तर्फ आइएसए नेपाल काठमाण्डौ विरुद्ध इमोर्टल क्लव धरान र दोस्रो सेमिफाइनल खेल धरान मेघा कलेज विरुद्ध रेड डेभिल्स विच प्रतिश्पर्धा हुनेछ । यसैगरि पुरुष तर्फको पहिलो सेमिफाइनल खेल इमोर्टल विरुद्ध युवा जागृति र यलम्वर विरुद्ध झपा बास्केटवल संघ विच प्रतिश्पर्धा हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । प्रतियोगीताको फाइनल खेल जेष्ठ ४ गते हुनेछ छ ।
तस्वीर : विषेश गुरुङ