धरान: दुई दिने स्वर्णिम वि क्याटोगरी सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ ।

     सोमवार भएको फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ बराबरी गोल भएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा यतिका दिपेन्द्र वस्नेत र प्रज्वल खनालले गोल गरे भने सैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए । डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टोफरले गुरुङ्गको गोल किपर प्रवेश मोक्तानले रोकेका थिए । 

फाइनल खेलको निर्धारित समयमा यतिका सैलेन्द्र र डव्रिका क्रिष्टोफरले आफ्नो टिमका लागि २ २ बराबरी गोल गरेका थिए । विजेता यतिले उपाधि संगै नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता डर्विले नगद ३५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

फाइनल खेलको म्यान अफ द म्याच डर्विका क्रिष्टोफर गुरुङ्ग घोषित भए । उनले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताभर ७ गोल गरेका यतिका सैलेन्द्र नेपाल हाइ स्कोरर घोषित भए । उनल नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट गोलकिपर यतिका प्रवेश मोक्तान घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडि डर्विका निकेन राई घोषित भए । उनले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

       विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष स्वर्णिम क्लवका अध्यक्ष विवेक राई, कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १० नम्बर वडा सदस्य कृष्ण राई, स्वर्णिम क्लवका सदस्य सरोज राई, पुर्व राष्ट्रिय खेलाडि मिलन श्रेष्ठ, गोधुली क्लवका उपाध्यक्ष सतिस केसि लगायतले वितरण गरेका थिए । 

स्वर्णिम क्लवको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगिता धरान १६ स्थित विवि फुटसल ग्राउण्डमा आइतवार र सोमबार भएको थियो । प्रतियोगितामा धरान, दमक, विराटनगर र तरहरा गरि २४ टिमले सहभागिता जनाएको थियो ।