धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक बर्षमा सप्तकोशी खानेपानी योजनालाई डिपिआरले लागत अनुमान गरे बमोजिमको पर्याप्ट बजेट विनियोजन गरेको बताएका छन् ।

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा आज बिहान भेटघाटको क्रममा मन्त्री राईले उक्त कुरा खुलाएका हुन् । उनका अनुसार सप्तकोशी योजनाको डिपिआर वमोजिम ५ अर्ब ७२ करोड ५६ लाख रुपैया विनियोजन गरिएको छ । ‘हरेक कुरामा शंका किन गर्नुहुन्छ ? म जे बोल्यो त्यही गर्ने मान्छे हो,’पत्रकारको प्रश्नमा उनले भने,‘सरकारले निर्णय गर्यो, कार्यान्वयन हुन्छ भनेर विश्वस्त हुनुस् ।’

rajendra rai

बजेटमा धरानको खानेपानीको बारे उल्लेख नभएकोप्रति उनले भने केहीलाई मात्र हाइलाइट गरिएको स्पष्ट पारे । मन्त्री राईले भने,–‘केही चिजलाई मात्र हाइलाइट गरिएको हुन्छ । सबै त लेखेर सम्भव पनि हुदैन ।’ मन्त्री राईले नेपाल सरकार धरानलाई पानी खुवाउने कुरामा प्रतिवद्ध भएको जिकिर गरे । ‘ढिला नगरि चतरा कोशीबाट पानी ल्याउन आउने आर्थिक बर्षमा टेण्डर हुन्छ, ढुक्क हुनुस्,’ मन्त्री राईले भने । 

तमोरको पानी सुरुङबाट ल्याउन सहज हुन्छ भन्ने तर्क पनि भइरहेको भन्दै मन्त्री राईले त्यसप्रति तत्काल आफ्नो चासो नभएको पनि संकेत गरे । ‘त्यो अलिक पछिको कुरा हो । यो आयोजना सम्पन्न गरेपछि धरानको खानेपानीको समस्या धेरै समाधान हुन्छ,’ उनले भने । 

भिडियो: