धरान: एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमीको बार्षिक स्पोर्टस मिट वुधवारदेखि औपचारिक रुपमा सुरु भएको छ ।

धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै स्पोर्टस मिट २०८१ सुरु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले रेफ्रिलाई बास्केटवल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।  

बास्केटवल खेलमा महिलातर्फ टप युनिभर्सल सेतो टिम र पुरुषतर्फ टप युनिभर्सल ओरेन्ज टिम विजेता बनेको छ । महिलातर्फ सेतो टिमले ओरेन्ज टिमलाई २२–२ र पुरुषतर्फ ओरेन्ज टिमले सेतो टिमलाई ६–२ अंकको अन्तरले पराजित गरेको थियो।

top

स्पोर्टस मिटमा टप युनिभर्सल एकेडेमीमा एसइइ दिएर व्रिज कोर्ष गरिरहेको विद्यार्थीहरुले भाग लिएका छन्। एसइइ दिएर बसेका विद्यार्थीहरुको खाली समयलाई सदुपयोग गर्न स्पोर्टस मिट अन्तर्गत अतिरिक्त क्रियाकलापको आयोजना गरिएको टप युनिभर्सलका प्रबन्ध निर्देशक प्रकाश लकान्द्रिले बताए । शिक्षासंगै अतिरिक्त क्रियाकलापको आयोजनाले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन मिल्ने उनले बताए। 

स्पोर्टस मिट अन्तर्गत यस अघि फुटसल, जुम्वा क्लास, पिटि क्लास, धरानको धार्मिक स्थलहरुमा हाइकिङ्ग कार्यक्रम सम्पन्न भइसकेको लकान्द्रीले जानकारी दिए । जेष्ठ २८ गतेसम्म हुने स्पोर्टस् मिटमा मिनि म्याराथुन, भलिवल, चिन्डे डाडा हाइकिङ्ग, साकेला नाच प्रदर्शन तथा प्रशिक्षण, सिङ्गिङ, डान्सिङ्ग, धरान इन्जिनियर क्याम्पस अवलोकन लगायत कार्यक्रम बाँकी रहेको आयोजक टप युनिभर्सलले जनाएको छ । 

धरान वाड न. ९ स्थित पुतलीलाइनमा रहेको टप युनिभर्सलमा व्रिज कोर्ष संगै पिसिएल इन्ट्रान्स क्लास एमविविएस, विडिएस, विएससि नर्सिङ, इन्जिनियर तयारी कक्षा आइएलटिएस, पिटिइ, जापानिज भाषा कक्षा संचालन हुने गर्दछ।