धरान: धरान ११ पृथ्वी चोकस्थित दर्शन मण्डली परिवारको आयोजनामा निःशुल्क आँखा शिविर शुरु भएको छ ।

शिविरको संयोजन होप धरानले गरेको छ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालले गरेको छ । उक्त शिविरको एक समारोहबीच वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोले गरेका थिए । वडा नं ११ मा धेरै समस्याहरु भएको र पिछडिएको पनि क्षेत्र भएकोले होप धरानसँगको सहकार्यमा दर्शन मण्डलीले गरेको आँखा शिविर कार्यक्रम सह्रानीय भएको भन्दै उनले प्रशंसा गरे । कार्यक्रमले समुदायका जनताहरु लाभान्वित हुने उनको बताए ।

होप धरानका संयोजक निश्चल पलिखेले दिउँसो ४ बजेसम्म हुने शिविरमा ४ सय हाराहारीको संख्यामा सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए । शिविरमा आँखाको चेकजाँच मात्र नभएर मोतिविन्दु लागेका विरामीलाई विराटनगरको रानीमा रहेको विराटनगर आँखा अस्पतालमा लगेर निःशुल्क अप्रेशन गर्ने पनि पलिखेले बताए । उनका अनुसार केही महिनाअघि वडा ११ मा सचेत धराने समुहको आयोजनामा भएको आँखा शिविरको क्रममा पनि ५२ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेशन गरिएको थियो । 

hope2

आँखाका विरामीलाई निःशुल्क आइ ड्रप पनि दिने र त्यसको लागि धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सहयोग गरेको पलिखेले बताए । शिविरमा कसैलाई चस्मा आवश्यकता परेमा सहुलियतमा उपलब्ध गराउने पनि उनले बताए । बाहिर खरिद गर्दा एक हजार पर्ने चस्मा शिविरको क्रममा साढे ३ सयमा उपलब्ध गराउने पलिखेको भनाई थियो । 

कार्यक्रमा ख्रिष्टियन समाज धरानका गोविन्द राई, ईलाका प्रहरी कार्यालय धरान प्रहरी निरीक्षक दिवस कुँवरले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति एवं मण्डलीका पाष्टर इन्द्र कार्कीले सेवा नै धर्म हो भन्ने पवित्र नारा भएपनि सेवालाई छोडेर धर्म मात्र बोकेर मानिसहरु हिडिरहेको बताए । उनले मण्डलीले भने धर्मलाई पर राखेर सेवालाई केन्द्रीत गरेर आँखा शिविर आयोजना गरिएको बताए । 

hope1

वडा ११ को ग्रामिण क्षेत्रका जनतालाई सेवा दिलाउने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए । स्वास्थ्य शिविरहरु शहर वा चोकहरुमा लक्षित गरेर हुने गरेको भन्दै उनले ग्रामिण क्षेत्रका जनतालाई लाभ पुग्ने गरि यस्ता शिविरहरु गर्नुपर्ने उनले बताए । गाउँमा बुढापाकाहरुको स्वास्थ्यमा धेरै समस्या भएकोले धर्म गर्न नभै सेवा गर्ने गरि शिविर गरेको उनले बताए । 

पाँच मिडियाकर्मी सम्मानित 

hope3

आँखा शिविरको उद्घाटन समारोहमा पाँच जना मिडियाकर्मीलाई होप धरानले नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा दिव्यरोशनी साप्ताहिक पत्रिकाकी सम्पादक,प्रकाशक मनिता चाम्लिङ, क्लिकधरानडटकमका सम्पादक आर.के.राई, छाल खबरका भोला श्रेष्ठ, चिसेफायु मिडियाका निमा पोङ्सुवा र मेरो आवाज मिडियाका दिपेश यम्फु छन् । 

उनीहरुलाई नगदसहित सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नं ११ का वडाअध्यक्ष फागो र होप धरानका पदाधिकारीहरुले सम्मान प्रदान गरेका थिए ।