धरान: विश्व सङ्गीत दिवसको अवसरमा धरानका दुई जना सङ्गीत प्रशिक्षकलाई सम्मान गरिएको छ ।

धरान सङ्गीत प्रतिष्ठानको आयोजनामा शुक्रबार साझ धरान ८ स्थित बराह कम्प्लेक्समा आयोजित कार्यक्रममा प्रशिक्षक विनोद प्रीयदर्शी राई र सन्दीप प्रधानलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ राई र अध्यक्ष रमेश राईले नगद १० हजार र सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुभाष केसी, रोहितमान थापालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उनीहरूलाई प्रतिष्ठानका संरक्षक तथा वरिष्ठ गायक दीप श्रेष्ठले प्रसंशा पत्र प्रदान गरेका थिए । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।