धरान: पेट सम्बन्धी समस्या जटिल भए पनि समयमा नै आहार विहारमा ध्यान दिने हो भने यसबाट सजिलै बच्न सकिने बिशेषज्ञ डा.सन्दिप बज्रचार्यले बताएका छन् । 

नियमित तीन महिनामा चेकजाँच गरिरहने हो भने बेलैमा रोग पत्ता लग्ने र उपचार पनि सजिलै गर्न सकिने उनको भनाई छ । तर समयमा नै ध्यान नदिने हो भने क्यान्सर जस्तो जटिल रोग लाग्न सक्ने पनि डा. बज्रचार्यले बताए । नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकार हुने भएकाले रोगका कारण पत्ता लगाएर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा.बज्रचार्यले शिविरमा विरामी जाँच गर्न आउनेहरुलाई सल्लाह दिएका थिए । 

प्रमुख अथिति धरान १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफ्नो वडामा आएर वडाबासीहरुलाई पेटरोग सम्बन्धी विशषज्ञ सेवा प्रदान गरेको भन्दै डाक्टर वज्रचार्य, आयोजक सवै सहयोगीहरुलाई धन्यवादन ज्ञापन गरेका थिए । नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाजको महिला समिति धराने संयूक्त रुपमा शनिबार आयोजना गरेको कार्यक्रममा १२३ जनाले स्वस्थ्य सेवा लिएका थिए ।

म्यानस फर्माले विरामीहरुलाई आवश्य औषधि निःशुल्क उपलब्ध गराएको र विर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुधर निःशुल्क जाँच गरी सहयोग पुर्याएको थियो ।  

नेवार एकता समाज नेवाः जातीय सस्था भएपनि सामाजिक उत्तरदायित्व पुरा गर्ने सबैजात जाती र वर्गका लाई स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेको नेवार एकता समाज महिला समितिकी अध्यक्ष विद्या शाक्यले जानकारी दिईन । पुजा कर्मचार्यको संयोजकत्वमा सम्पन्न शिविरमा हरिकृष्ण श्रेष्ठ, शिला बज्रचार्य, श्याम श्रेष्ठ, वसन्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेवार एकता समाज धरानका केन्द्रिय अध्यक्ष महेश श्रेष्ठले डा. सन्दिपराज बज्रचार्यले ईन्टरनल मेडिसिनमा एम.डी., गैस्टाएटरोलोजी तथा हेपेटोलोजी विषयमा डी.एम. गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको असिस्टेन्ट प्रोफेसरमा कार्यरत भएकोले पेटको रोग सम्बन्धी बिषेशज्ञ सेवा उपलब्ध भएको बताए । उनले फलो अप गर्न पनि सजिलो भएको बताउदै शिविरले धैरै महिला तथा जेष्ठ नागरिकहरुलाई सेवा दिएको जानकारी गराए।   

शिविरको समापन कार्यक्रममा पेट रोग विशषज्ञ डा.बज्रचार्यलाई सम्मान पनि गरिएको थियो । कार्यकममा सहयोग गर्ने  म्यानस फर्मा, विरतामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक, श्री दन्तकाली पञ्चायत मावि र कार्यक्रम संयाजक पूजा कर्माचार्यलाई स्मृति उपहार प्रदान गरिएको थियो ।

नेवार पत्रकार राष्ट्रिय दवू सुनसरीले डाक्टर बज्रचार्यबाट प्रत्येक महिनामा एक पटक स्थानीय संघसंस्था समुहको सहकार्यमा स्वस्थ्य शिविर आयोजना गर्ने योजना बनाएको दवूका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए।