धरान: धरान उपमहानगरपालिका वडा नं ९ को कार्यालयले वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको छ । 

नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखासँग सम्झौता गरेर वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको ९ नम्बर वडा कार्यालयले शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्यो । रेडक्रससँग भएको सम्झौतामा नै बर्षमा एक पटक रक्तदान कार्यक्रम गर्ने उल्लेख थियो । सोही सहमति वमोजिम धरान ९ आचार्यलाइनमा भएको रक्तदानमा ४९ पिन्ट रगत संकलन भएको वडाअध्यक्ष रुपेश आचार्यले जानकारी दिए । 

blood

उपचारको लागि रगत आवश्यक पर्दा रेडक्रसको रक्तसञ्चार केन्द्रमा विभिन्न जाँच गरेको शुल्क तिर्नुपर्छ । वडा नं ९ को कार्यालयले उक्त शुल्क वडाबासीसँग नलिई निःशुल्क उपलब्ध गराउने रेडक्रससँग सम्झौता गरेको छ । साथै, उपचारमा जति रगत आवश्यक पर्छ, उक्त रगत वडा कार्यालयले उपलब्ध गराउने गरेको वडाअध्यक्ष आचार्यले जानकारी दिए । वडा कार्यालयले रेडक्रससँग सम्झौता गरेर वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सुनसरीमै धरानको वडा ९ पहिलो हो ।

सुगर र प्रेसरका विरामीले पनि रक्तदान गर्न मिल्ने !

wada9-

रक्तसञ्चार केन्द्रका कर्मचारी दिनेशप्रसाद यादवले पछिल्लो समय सुगर र प्रेसरका विरामीले औषधी सेवन गरिरहेको भएपनि कन्ट्रोलमा छ भने रक्तदान गर्न मिल्ने अनुसन्धानबाट देखिएको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यालयबाट सोही अनुसार सर्कुलर आएको र सुगर, प्रेसर कन्ट्रोलमा छ भने पनि रक्तदान गरिरहेका छन् ।

‘सुगर र प्रेसर जसलाई छ, त्यो विरामी उसलाई मात्र हुन्छ । यो अरु जस्तो सरुवा रोग पनि होइन,’ यादवले भने,‘त्यसैले अहिले सुगर, प्रेसरको औषधी लिइरहेको भएपनि कन्ट्रोलमा छ भने रक्तदान गर्न मिल्छ भनेर सर्कुलर आएको छ, हामी सोही अनुसार गरिरहेका छौं।’

भिडियो: