धरान: रगतको अभावमा कसैले पनि जीवन गुमाउँन नपरोस् भन्ने उद्वेश्यले सुनसरीमा पहिलो पटक 'ब्लड फर निड' अर्थात आवश्यकमा रगत नामक सुनसरी शाखा स्थापना भएको छ ।

एक वर्षदेखी बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका युवाहरुको भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । धरान-१८ को बुद्ध चोक एमसी क्याफेमा भेटघाट तथा छलफल कार्यक्रममा भएको थियो । संस्थाका केन्द्रीय उपाध्यक्ष जोरस दाहालको प्रमुख आतिथ्यमा सुनसरी शाखाको अध्यक्षमा प्रकाश गिरी सर्वसम्मत चयन भएका छन् । 

'आवश्यकतामा रगत' ब्लड फर निड को कार्य समितिको उपाध्यक्षमा अरमान अलि, कोषाध्यक्ष पुजा अग्रवाल, सचिवमा प्रतिक ओझा र सदस्यहरुमाअनोज शर्मा, सुबिक्षा कोयु राई, मो.सादिक अन्सारी, रक्षा घिमिरे (ईटहरी),मो.अहत्सम(आयन)ईरीक (ईनरूवा) रहेका छन् । अस्पतालमा उपचारमा आएका विरामीलाई रगत आवश्यक पर्दा व्यवस्थापन गर्न समुह लागिपर्नेछ । 

सम्पर्क:प्रकाश गिरी -९८४२०२५५३० र अरमान अलि-९८११३८०१३५