धरान:अल लायन्स क्लब अफ धरान एरिया ५ को आयोजनमा सोमबार बृहत वृक्षारोपण कार्यक्रम भएको छ । 

कोशी राजमार्गमा पर्ने चारकोशे जंगलस्थित सेउती पूलदेखि उत्तर २ किलोमिटर डिभाईडरमा सौन्दर्यकरणको लागि लायन्सका सदस्यहरुले श्रमदान गरेर विरुवा रोपेका हुन् । धरानमा रहेका २० वटा लायन्स क्लबहरु र व्रिटिस गोरखा भूपू सैनिकहरुको सहयोगमा वृहत वृक्षारोपण गरिएको लायन एरिया ५ की चिफ कमला लिम्बुले जानकारी दिइन् ।

कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघा रहेका थिए । उनले वृक्षारोपणको प्रशंसा गर्दै भने, “तपाईहरुको काम प्रशंसनीय छ । सेउती पूलदेखि उभो छिर्दै गर्दा अब प्रत्येकले लायन्स कस्तो छ भनेर चिन्नेछन, तपाईहरुको भावना, सौन्दर्य र सामाजिक उत्तरदायित्व के हो भनेर देख्नेछन् ।” 

lions2

उपमेयर बेघाले रोपेको विरुवाहरुको संरक्षणको चुनौती रहने भन्दै उनले जोगाउने दायित्व सबैको रहेको बताए । यद्यपी उनले सार्वजनिक रुपमा रहेको संंरचनाहरुको संरक्षण धरान उपमहानरपालिको हुने र उपमहानगरको स्रोत, साधनले भ्याएसम्म संरक्षण गर्ने प्रतिवद्धता पनि जनाए । 

उपमहानरपालिकाको समन्वयमा सेउती खोला उत्तर २ किलो मिटरसम्मको डिभाईडरमा वृक्षारोपण गर्न स्थान उपलब्ध भएको भन्दै लायन्स एरिया ५ की चिफ कमला सुब्बाले उपमहानरपालिकालाई धन्यवाद दिइन् । “धरान प्रवेश गर्दा सडक सुन्दर देखियोस् भनेर हामीले पाम ट्रि, हिबिस्कस्, बोटन, बगनबेली लगायतका ५४६ वटा विरुवा रोपेका छौं,”उनले भनिन् । विरुवा रोप्दा १२ फिटको फरकमा विरुवा रोप्ने व्यवस्था गरिएको र २ चरणमा विरुवा रोपिने पनि उनले बताईन् । 

lions1

लायन बबरसिङ थापाले भने कोरोनाको समयमा अक्सिजन सिलिण्डर खरिद गरेको स्मरण गराउदै एउटा रुखले ५०, ६० भन्दा बढीले अक्सिजन पाउने बताए । “कोरोना महामारीमा अक्सिजन सिलिण्डर किन्ने हामी नै हौं, तर एउटा रुखले ५०–६० भन्दा बढिले अक्सिजन पाउछन्,” उनले भने । उनले धरान उपमहानरपालिकाले वृहत रुपमा वृक्षारोपणको अभियान लिएर अगाडि बढिरहेको भन्दै प्रशंसा पनि गरे ।

कार्यक्रमबारे प्रकाश पार्दै निवर्तमान डिष्ट्रिक गर्भनर धिरज गूरुङ्गले रोपेको विरुवालाई संरक्षण गर्ने दायित्व सबैको भएको बताए । कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन एकता श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

lions4

lions3

भिडियो: