धरान: धरान १९ स्थित किरातेश्वर माविका कक्षा ६ र ७ का विद्यार्थीहरुले मेयर हर्क साम्पाङलाई भेट गरेका छन् । 

मेयर साम्पाङकै कार्यकक्षमा भएको भेटको क्रममा विद्यार्थीहरुले गैती र बेल्चा उपहार पनि दिएका थिए । मेयर साम्पाङलाई भेट्ने विद्यार्थीहरुको उत्कट चाहना भएकोले भेट्न ल्याएको विद्यालयका प्रअ डा.योगेन्द्र पालुङ्वाले बताए । उनले भने,‘मेयर साबलाई भेट्ने उत्कट चाहना विद्यार्थीहरुको थियो । श्रम सँस्कृति अभियान चलिरहेको छ, पाठ्यक्रममा पनि श्रम अभियानबारे पढेका छन् । त्यसैले मेयरसँग साक्षात्कार गराउने उद्देश्य थियो ।’

kiratwswor1

भेट्न आउदा विद्यार्थीहरुले आफै पैसा उठाएर मेयर साम्पाङलाई गैती र बेल्चा उपहार पनि दिएको प्रअ पालुङ्वाले बताए । यस्तै, कक्षा ६ की छात्रा लक्की तामाङ नेपाल सरकारबाट छनौट भएर १२ दिनको लागि जापानको भ्रमण जान लागेकोले उनको विदाईको लागि पनि मेयर साम्पाङसँग भेट गर्न आएको उनले बताए । ‘लक्की बिहिबार काठमाण्डौं जादैछिन्, त्यहाँ आवश्यक तालिम लिएर २८ गते सिंगापुर हुदै टोकियो जान्छिन् । नेपालबाट ४ जना मात्र विद्यार्थी भ्रमणमा जादैछन्, हाम्रोबाट १ जना छनौट भएको हो ।’

kirateswor2 copy

जापानमा लक्कीसहित विभिन्न देशबाट सहभागी विद्यार्थीहरुको समर क्याम्प हुनेछ । होमस्टेमा बसेर उनीहरुले ४ दिनसम्म पढ्नेछन् । यस्तै, सँस्कृति सम्बन्धी अध्ययन र सँस्कृति आदनप्रदान पनि गर्नेछन् । मेयर साम्पाङले लक्कीलाई माला लगाएर विदाई गरेका थिए । साथै उनले जापानको उदाहरण दिदै श्रम गरेर नै जापान विश्वको विकसित मुलुक भएको पनि बताए । ‘विश्वयुद्धमा ठुलो क्षति भएको थियो । तर अहिले जापान विश्वकै विकसित देश भएको छ, त्यो श्रम गरेर नै हो,’मेयर साम्पाङले भने,‘त्यसैले गर्दा काम गर्नुपर्छ भन्ने मान्यता सबैले राख्नुपर्छ ।’ उनले किताबी ज्ञान भएर मात्र नुहने भन्दै खेतीपातीको ज्ञान र काम गर्नु गर्नुपर्ने बताए । 

भिडियो: