धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विभागका सहप्राध्यापक डा.रामजी तिमल्सिना दुई दिनदेखि सम्पर्कविहिन भएका छन्।

इटहरी घर भएका सहप्राध्यापक डा.तिमल्सिनाले बुधबार घरमा 'म बराहक्षेत्रमा जलसमाधी लिदैछु, अलविदा' लेखेको कागजको चिर्कटो छोडेर सम्पर्कविहिन भएका हुन् । परिवारजनले उनको खोजीको लागि प्रहरीमा निवेदन दिइसकेको छ भने प्रहरीले पनि खोजी कार्य तीब्र पारेको जनाएको छ । यद्यपी हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । 

तिमल्सिना बुधबार बिहानैदेखि घर छोडेर हिडेका थिए । उनले लेखेको चिर्कटो कम्प्युटर नजिक भेटिएको पारीवारिक स्रोतको भनाई छ । प्राध्यापनसँगै डा.तिमल्सिना साहित्यिक समालोचककोरुपमा प्रख्यात छन् ।