धरान: पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । 

    शनिबार आफ्नै युट्युब च्यानल पुर्ण राईबाट स्पर्श संगीत गीत सार्वजनिक गरेको हो । गीतमा गायक पूर्ण राईको शब्द र संगीत रहेको छ । भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ । यस्तै, धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । 

धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको गायक राईले बताए । ब्याण्डको ड्रममा सुमेक योन्जन, गीतारमा सुसन कार्की, बेस गितारमा दिगोस राई रहेका छन् । 

पूर्ण राई एण्ड द दाजुभाईहरू ब्यान्ड धरानकै ब्यान्ड हो । पछिल्लो समयमा यो ब्यान्ड युवा पुस्ताहरू माझ लोकप्रिय छ । ब्यान्डले देश विदेशमा धरानलाई चिनाउँदै सांगीतिक कार्यक्रमहरू गर्दै आइरहेको छ ।

भिडियो: