धरान: धरान वडा नं १३ सँग सिमाना जोडिएको वडा २० को सर्दु किनारको वस्ती सुलिकोट कटानको जोखिममा परेको छ ।

वडा १३ र २० जोड्ने झोलुङ्गे पुलसँगैको वस्ती हिजो (मंगलबार)को भिषण बर्षाको कारण कटानको जोखिममा परेको हो । सर्दुले वडा २० तर्फ कटान शुरु गरेर पुरै वस्ती जोखिममा परेपछि तत्काल वडा १३ का अध्यक्ष नेत्र काफ्लेले हिजै जेसिबि डोजर व्यवस्थापन गरेर रोकथाम गरेका थिए । तर, पछि पुनः ठुलो बाढी आएर कटान गरेको थियो । 

sardu

आज पुनः बिहानैदेखि वडाअध्यक्ष काफ्लेसहित जनप्रतिनिधि र स्थानीयबासीहरु कटान रोक्न डोजरसहित पुगेका थिए । दुई वटा डोजरले सर्दुलाई बीचमा च्यानलिङ गरेर किनारतर्फ कटान हुन नदिन काम गरिएको वडाअध्यक्ष काफ्लेले बताए । उनले तत्काल ग्याबिङ जाली नलगाउने हो भने थप कटान हुने भएकोले जोहो गर्न पहल भइरहेको बताए । मेयर हर्क साम्पाङले सिचाई डिभिजन कार्यालयलाई आफुले सिफारिश गरेमात्र तारजाली दिन भनेर पत्राचार गरेकोले उक्त निकायबाट सहयोग पाउन नसकिएको उनको बताए ।

sardu katan3

सर्दु कटान पीडित सुलिकोट बस्तीबासीहरुले पनि वडा १३ र २० का अध्यक्ष मात्र आएको भन्दै मेयर, उपमेयर आफुहरुको अवस्था बुझ्न नआएको गुनासो पोखे । उनीहरुले मेयर र वडाअध्यक्षबीचको झगडा बिर्सेर जनताको दुःख बुझ्न आउनुपर्ने पनि बताए । साथै, कटान रोक्न ग्याबिङ आवश्यक परेकोले सबैले सहयोग गर्न पनि उनीहरुले आग्रह गरे । 

यसैबीच, सर्दुको कटानको अवस्था बुझ्न र तत्काल राहतको पहलको लागि उपमहागनरपालिकाको वातावरण र योजना महाशाखाबाट कर्मचारीहरु स्थलगत अनुगमनमा पुगेका थिए । वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले जोखिमपुर्ण अवस्थामा रहेका वस्तीहरुको अवलोकन गर्दे तत्काल क्षति न्युनिकरण गर्न ग्याबिनको व्यवस्थापन गर्ने कार्य भइरहेको बताए । 

sardu katan4 copy

भिडियो: