धरान: प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ । 

हृदयघात भएपछि राती करिब अढाई बजेतिर तामाङलाई अस्पताल लगिएको थियो । तर चिकित्सकहरुले प्रयास गरेपनि बचाउन भने सकेनन् । तामाङको आजै अन्त्येष्टी गरिने आफन्तजनले जानकारी दिएका छन् । 

मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर र धरान १२ स्थित एम्स एकेडेमीका पनि एमडि थिए । यसैबीच, आज सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ ।