सुनसरी : कोशी पहाडी जिल्लावाट जलमार्ग हुदै हुने गाँजा लगायतका लागु औषध कारोवार नियन्त्रणको लागी गोली चलाउन समेत पछि नपर्ने सुरक्षा निकायले निणर्य गरेका छन् ।  

सुनसरी, धनकुटा, उदयपुर र भोजपुरका सुरक्षा प्रमुखहरुको आइतबार धनकुटाको भेडेटारमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले यस्तो निणर्य गरेको हो । जलमार्ग पुर्णरुपमा निषेध गरिएको भएपनि रातीको समयमा सप्तकोशी नदिमा धनकुटा, उदयपुर र भोजपुरवाट जलमार्गको प्रयोग हुने गरेको र सुनसरीबाट अन्य लागुऔषध पहाडी जिल्ला जाने गरेका कारण यसको रोकथाम तथा नियन्त्रण गर्न सहकार्य गर्ने निर्णय समेत भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

सप्तकोशीवाट वासका चेफा तथा ट्युवहरु प्रयोग गरेर लागू औषधको ओसार पसार हुने गरेकोले त्यसलाई रोक्न सुरक्षा कर्मी निर्मम भएको अधिकतम वल प्रयोग गरेर भए पनि नियन्त्रण गर्ने उहाको भनाई थियो । 

जिल्ला प्रशासन कार्यलय सुनसरीको आयोजनामा भएको वैठकले लागु औषधसहित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न समेत सुचनाआदन प्रदान तथा समन्वय गर्ने निर्णय गरेको छ ।  चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको थियो । वैठकामा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ,  सशस्त्र प्रहरी बल एक नम्बर बराह बाहिनीका प्रमुख डिआइजि शम्भु सुवेदीको पनि उपस्थिती रहेको थियो ।

समन्वय बैठकले अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र ग्रैह्रकानूनी क्रियाकलापहरुलाई चार वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय  समेत गरेको छ ।