धरान: नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको आयोजनामा र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको समन्वयमा सोमवार प्रेप PrEP (pre Exposure Prophylaxis) कार्यक्रम सम्पन्न भएको  छ । 

एचआइभी संक्रमण नभएका तर जोखिम भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका लागि एआरभी औषधीको विषयमा सरोकारवाला निकायहरु बिच युवा विकास केन्द्र इटहरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । परिवार नियोजन संघ सुनसरीका सभापति निर्मला अधिकारीको अध्यक्षता आयोजित उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुपध्वज थापाको विशेष आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि प्रसाईले एचआइभी सक्रमण रोक्नका लागि जोखिमपूर्ण व्यवहारमा रहेका व्यक्तिहरुलाई पहिले नै सक्रमणबाट बच्न मुखबाट सेवन गरिने यो औषधीको प्रभावकारीता र उपलब्धताले सेवाग्राहीलाई सहज हुनका साथै HIV न्युनीकरणमा थप आयाम हुने बताए । संघकी शाखा प्रबन्धक रानु राउतले सेवाको उपलब्धताका बारेमा बताएकी थिईन् भने डा.मनिष अर्यालले अन्य जानकारीहरु प्रदान गरेका थिए । 

वर्तमान अवस्थामा भएका चुनौती हरुको बारेमा आम्दा नेपालको प्राजेक्ट संयोजक रोहित कुमार उराँवको प्रस्तुति रहेको कार्यक्रममा कोशी प्रदेश सुपरभाइजर रोमन राईले सबै सरोकारवाला संघसस्थाले आ आफ्रनो तहबाट एचआइभी संक्रमणको जोखिम न्युनीकरणमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताए ।