धरान: धरान १८ स्थित अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डि भिडियो एक्स रे मेशिन ल्याएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिर सञ्चालनमा रहेको यो पोलिक्लिनिकले सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन फोर डि भिडियो एक्स रे मेशिन खरीद गरेको हो । यो मेशिन खरीदमा एक करोड लगानी भएको पनि पोलिक्लिनिकले जनाएको छ । उक्त मेशिन पोलिक्लिनिकमा आइसकेको र आइतबारदेखि नियमितरुपमा सेवा सुचारु गर्ने सञ्चालिका पुनम सुब्बाले जानकारी दिइन् । यो सेवा हालसम्म काठमाडौ र बिराटनगर मात्रै  उपलब्ध रहेको पनि उनले बताइन् ।

यो मेशिनले बिशेष गरेर गर्भवती महिलालाई ठुलो राहत पुग्ने पोलिक्लिनिकले जनाएको छ । यो मेशिनले गर्भ अवस्थामा रहेको शिशु पुर्णरुपमा स्वास्थ्य छ,छैन भनेर हेर्नसकिनेछ । यो सेवा धरानमा पहिलो पटक शुरु हुन लागेको हो । 'फोर डि भिडियो एक्स रे मेशिनले गर्भअवस्थामा रहेको शिशुको शारीरिक अवस्था कस्तो छ भनि हेर्न सकिनेछ,' सञ्चालिका सुब्बाले भनिन्, 'गर्भमा रहेको बच्चाको शारीरिक बनावट, अनुहार बुबा वा आमा मध्ये को जस्तो देखिन्छ भनेर जन्मनु अघि नै स्क्रिनमा देख्न सकिन्छ ।'

amar poly2

आधुनिक समय र प्रविधिको विकासका कारण गर्भ अवस्थामा रहेको शिशुको  फोटो राखेर वेवि सावर गर्ने गराउने चलन आईरहेको छ । सोही क्रममा अभिभावकले फोटो मागेमा क्लिनिकले दिने व्यवस्था पनि गरेको संचालिका सुब्बाले बताईन् । चिकित्सकका अनुसार ३४ बर्ष उमेर नाघेका गर्भवती महिला छन् भने अनिवार्यरुपमा यो भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । पहिलो गर्भ खेर गएको वा बच्चाहरु सुस्त मनस्थितिको जन्मिएको छ भने पुनः त्यस्तो नहोस् भनेर भिडियो एक्स रे गर्नुपर्ने एक चिकित्सकले बताए । 

उक्त क्लिनिकमा रेडियोलोजिस्ट डाक्टर रक्षा भट्टराईले नियमित १० देखि ४ बजेसम्म सेवा दिनेछिन् । उनले बीपी प्रतिष्ठानबाट रेडियोलोजिस्टमा एमडि गरेकी छिन् । उनी प्रतिष्ठानको सिएम (सर्टिफिकेट अफ मेरिट) होल्डर हुन् । 

सोही मेशनिले कलेजो सम्बन्धि ईलास्ट्रोग्राफि(ELASTOGRAPHY) सेवा पनि दिनेछ । मेशिनबाट कलेजोमा बोसोको मात्रा कति छ  अथवा कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने बताइएको छ । 'कलेजो कतिको फेल भएको छ, कति प्रतिशत राम्रो छ भनेर यही मेशिनबाट हेर्न सकिन्छ,' पोलिक्लिनिक सञ्चालिका सुब्बाले भनिन् । उक्त मेशिनबाटै मुटुको भिडियो एक्स रे (ECHO) सेवा पनि संचालनमा आउने पोलिक्लिनिकले जानकारी दिएको छ ।