ईटहरी: किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको आयोजनामा झापा, मोरङ र सुनसरीमा माङ्पा संरक्षण समिति गठन भएको छ ।

ईटहरी ९ ओशियन पार्कमा आयोजित भेलाले तीन जिल्लामा माङ्पा संरक्षण समिति र एउटा समन्वय समिति पनि गठन गरेको किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष एवं साल्पा सिलिचुङ आर्थिक समिति संयोजक माया चाम्लिङ राईले जानकारी दिइन् । उनका अनुसार उक्त भेला माङ्पा केन्द्रीय समितिका संयोजक ढक बहादुर राई माङ्पाको अध्यक्षता र किरात राई यायोक्खा केन्द्रिय समिेति सदस्य ज्ञान किरातीको प्रमुख आतिथ्यमा भएको थियो । 

उक्त भेलाले जोकमान राईको संयोजकत्वमा १० सदस्यीय माङपा संरक्षण समिति सुनसरी गठन गरेको छ । समितिको सह(संयोजकमा मित्रराज राई(माङ्पा), सचिवमा गणेश बहादुर राई(माङ्पा), कोषाध्यक्षमा कुमार थुलुङ राई (माङ्पा) चुनिएका छन् । समितिका सदस्यहरुमा गीता राई(नक्छुङमा), बसन्त राई (माङ्पा), चित्र बहादुर राई (माङ्पा), बुद्धि कुमारी राई (नक्छुङमा), रहरी राई (नक्छुङमा) र कुमार राई (माङ्पा) रहेका छन् ।

सोही भेलाले सुरज राईको संयोजकत्वमा ५ सदस्यीय माङपा संरक्षण समिति झापा गठन भएको छ । समितिको सहसंयोजकमा देऊ कुमार चाम्लिङ राई(नक्छुङ), सचिवमा हाङ्छा राई (माङ्पा), कोषाध्यक्षमा भीम बहादुर राई (माङ्पा) र सदस्यमा हर्कलाल ताम्ले राई (माङ्पा) रहेका छन् ।

nakxong1 copy

यसैगरि, जीतमान राईको संयोजकत्वमा ५ सदस्यीय माङपा संरक्षण समिति मोरङ पनि गठन भएको छ । समितिको सहसंयोजकमा मणिराज राई (माङ्पा), सचिवमा सिसन राई (माङ्पा), कोषाध्यक्षमा लक कुमार राई (माङ्पा) र सदस्यमा सुर्य माया नाछिरिङ राई (नक्छुङमा) रहेका छन् । 

सोही भेलाले गर्जमान राईको संयोजकत्वमा माङ्पा संरक्षण समन्वय समिति सुनसरी मोरङ झापा पनि गठन गरेको  छ । समितिको सचिवमा अर्जुन राई (इटहरी), कोषाध्यक्षमा कमला राई(इटहरी तरहरा), सदस्यहरुमा नीर बहादुर राई(झापा), अन्जु कला राई (इटहरी), चन्द्र प्रसाद राई (झापा), धन कुमार राई (धरान) सिम्रन राई(मोरङ), हर्क बहादुर राई (मोरङ), सेन्मिहाङ राई (धरान) र सदस्य बिमल खालिङ (ईटहरी) रहेका छन् ।

किरात सांस्कृतिक पुनर्जागरणको अभियान लिएर किरात सांस्कृतिक क्रान्ती मार्फत किरात सभ्यताको जग पुनर्स्थापना गर्ने उदेश्यसहित स्थापना गरिएको विश्वभरीको किरातीहरुको साझा सांस्कृतिक संस्था ९किरात सभ्यता,संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र हो। केन्द्रले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ/नाक्छो/नाक्छोङ/माङ्पा/नागिरे/माबि/कुबी/दोवा/पासिङ/ज्वाम्चो/वाटाङ्पा/बुङपेन्मि/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा लगायत समग्रमा धामी बिजुवाहरुलाई संस्थागत रुपमा संगठित गरिरहेको छ । सोही कार्यक्रममा माङ्पा संरक्षण समिती सुनसरी मोरङ झापामा चयन भएका नक्छुङ/माङ्पा धामी बिजुवाहरुलाई माङ्पा परीचय पत्र वितरण कार्य पनि गरिएको थियो । 

भेला सम्पन्न गर्न किरात सभ्यता सँस्कृति तथा मुन्दुम संरक्षण केन्द्रका केन्द्रीय संयोजक, अध्यक्ष ढकबहादुर राई, केन्द्रकी कोषाध्यक्ष रीता राराहाङ, केन्द्रीय सदस्य संगीता नाछिरिङ राई, समन्वय समिति सदस्य सेन्मिहाङ राई, विमल किराती, साल्पा सिलिचुङ आर्थिक संयोजक कुवेत संयोजक माया चाम्लिङलगायतको बिशेष योगदान रहेको पनि आयोजकले जनाएको छ ।