धरान: धरान १८ विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्य गेट अगाडि सञ्चालनमा रहेको अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डि भिडियो एक्स रे मेशिनबाट सेवा शुरुवात गरेको छ । 

उक्त फोर डि भिडियो एक्स रे मेशिन कक्षको आइतबार एक कार्यक्रमबीच रेडियोलोजिष्ट डा.रक्षा भट्टराई र डा. विकास कुमार गुप्ताले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटनसँगै आइतबारदेखि नै सेवा सुचारु भएको प्रोपाइटर पुनम सुब्बाले बताइन्। 

डा.भट्टराईका अनुसार सामसुंगको भि सिक्स मोडलको यो मेशिनमा थ्री डि, फोर डि सेवा छ । यसले यसले गर्भमा रहेको बच्चाहरुको क्लियर फोटो र भिडियो आउने उनले बताइन् । 'यो भि सिक्स मेशिन हो, फोटो भिडियो क्लियर आउछ, मोटो मान्छेको पनि भिडियो एक्स रे क्लियर आउछ,' डा.भट्टराईले भनिन्,'यसमा थ्री डि फोर डि पनि छ । गर्भवती महिलाको बच्चाहरुको क्लियर फेस, हातखुट्टा देखिन्छ ।' उनले गर्भ बसेको २४ देखि २८ हप्ताको फोर डि गर्न सकिने बताइन् ।

amar poly1 copy

यो मेशिनले कलेजो सम्बन्धि ईलास्ट्रोग्राफि सेवा पनि दिनेछ । मेशिनबाट कलेजोमा बोसोको मात्रा कति छ अथवा कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने डा. विकास कुमार गुप्ताले बताए । 'कलेजो कतिको फेल भएको छ, कति प्रतिशत राम्रो छ भनेर यही मेशिनबाट हेर्न सकिन्छ,' डा गुप्ताले भने।

पोलिक्लिनिकका प्रोपाइटर सुब्बाका अनुसार मेशिनले बिशेष गरेर गर्भवती महिलालाई ठुलो राहत पुग्नेछ । यो मेशिनले गर्भ अवस्थामा रहेको शिशु पुर्णरुपमा स्वास्थ्य छ,छैन भनेर हेर्नसकिने उनले बताइन् । यो सेवा धरानमा पहिलो पटक शुरु भएको हो । सञ्चालिका सुब्बाले भनिन्, 'गर्भमा रहेको बच्चाको शारीरिक बनावट, अनुहार बुबा वा आमा मध्ये को जस्तो देखिन्छ भनेर जन्मनु अघि नै स्क्रिनमा देख्न सकिन्छ ।'

उक्त क्लिनिकमा रेडियोलोजिस्ट डाक्टर भट्टराईले नियमित १० देखि ४ बजेसम्म सेवा दिनेछिन् । उनले बीपी प्रतिष्ठानबाट रेडियोलोजिस्टमा एमडि गरेकी छिन् । उनी प्रतिष्ठानको सिएम (सर्टिफिकेट अफ मेरिट) होल्डर हुन् । यो मेशिनबाटै मुटुको भिडियो एक्स रे सेवा पनि संचालनमा आउने पोलिक्लिनिकले जानकारी दिएको छ ।

amar polyclinic